एक थुक सुकी सय थुक नदी सामाजिक संजाल मार्फत उठेको ६लाख रकमले हिकाको उपचारमा सहयोग

एक थुक सुकी सय थुक नदी सामाजिक संजाल मार्फत उठेको ६लाख रकमले हिकाको उपचारमा सहयोग

आर्थिक अभावका कारण उपचार नहुने अवस्था भएपछि पूर्वी रुकुमको भूमे गाउपालिका वडा नं.१ लुकुम घर भएका शिखर विश्वकर्मा (मौसम)को पहलमा उपचारका लागि ६ लाख रकम मंगलबार हस्तान्तरण गर्नुभएको हो। भूमे गाउँपालिका-१ लुकुमका हिका भर्खर २६ वर्षको उमेरमा मुटु रोग लागेर हिका अहिले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको अस्पतालमा भर्ना भएर बेड नम्बर ३१६मा बसिरहनुभएका विक अप्रेसनको प्रतीक्षामा छन।

मुटुरोगको समस्याका कारण उहाँको मुटुको भल्ब प्रत्यारोपण गर्नुपर्ने भएको छ।हिकाको तत्काल अप्रेसन गर्नुपर्ने देखिएको र रकम अभाव भएको थाहा पाएपछि सामाजिक सञ्जालमार्फत आह्वान गरेर रकम संकलन गरि हिजो रकम विरामीको वेदमै हस्तातरण गरेको मौसमले जानकारी दिएका छन।

अप्रेसनका लागि करिब ४ लाख लाग्ने अस्पतालले जानकारी दिएको छ।ज्याला मजदुरी गरेर गुजारा गर्दै आउनुभएका हिकाको गाउँमा खान पुग्ने जग्गा जमिन पनि छैन।२६ बर्षीय हिकाको ४ वर्षका छोरा छन् उहाँकी श्रीमती टीका पनि ६ महिनाकी गर्भवती छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *