खाबाङ बगर। लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिकमा तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, भूमे गाउँपलिकाको समन्वय र द फ्रेड हलोज फाउन्डेसन (The Fred Hollows Foundation ) को आर्थिक सहयोगमा एक दिने आधारभूत आँखा उपचार तालिम सम्पन् भएको छ।
गाउँपालिकाको सभाहलमा गाउँपालिका भित्रका ३५ वटा विद्यालयका विद्यालय शिक्षक तथा विद्यालय नर्सहरुको लागि एक दिने आधारभूत आँखा उपचार तालिम प्रदान गरिएको सामुदायीयक आखा केन्द्र रोल्पाका प्रमुख खडक भाट जानकारी दिनुभएको छ।प्रमुख भाटका अनुसार २७ वटा विद्यालयका विद्यालय शिक्षक तथा विद्यालय नर्सहरुले आफ्नो विद्यालयमा भएका विद्यार्थीहरूलाई दृष्टि परिक्षण तथा आँखा सामान्य/असामान्य भएको जाँच गरी दृष्टि कमजोर समस्या पत्ता लगाउनको लागि तिलगंगा सर्जिकल आँखा केन्द्र र ग्रामीण आँखा केन्द्र भूमे गाउँपालिकाले एक दिने तालिम प्रदान गरिएको बताउनुभएको छ।
तालिमको समापन गर्दै भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले आँखा बिना संसार नै अन्धकार हुने भन्दै त्यसको सरसफाइ तथा उपचारमा विशेष ख्याल पर्ने बताउनुभयो।आँखा अति सम्वेदनसील अंग भएको बताउनुभयो।अध्यक्ष श्रेष्ठले बालबालिकाहरूको समग्र स्वास्थ्य सुनिश्चित गर्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई एकसाथ अघि बढाउनु आवश्यक रहेको बताउँदै विद्यालय स्तरमै आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराउने गाउँपालिकाको लक्ष्य रहेको बताउनु भएको छ।
तालिमबाट शिक्षकहरुले आँखा रोगको सुरुवाती चिन्ह पत्ता लगाउन र प्राथमिक उपचारमा आफ्नो ज्ञान अभिवृद्धि गर्ने बताएका छन्।उक्त तालिममा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको सभाध्यक्षमा सरु भएको कार्यक्रम पालिकाकि उपाध्यक्ष सविना बुढा मगर, प्रमुख प्रशासकिय अधिकृत देविला बिक, सामुदायीक आँखा केन्द्र रोल्पाका प्रमुख खडक भाट, गाउँपालिका रोजगार सहायक चन्द्र रसाईली, ग्रामिण आखाँ उपाचार केन्द्रका अप्तिकल फिटर ओम प्रकाश बिक, नेपाल पत्रका महासंघ रुकुमपूर्वका उपाध्यक्ष बालाराम शेर्पाली (समर्पण ) लगायत २७ वटै विद्यालयको नर्स तथा शिक्षहरुको सक्रिय उपस्थिती रहेको थियो।