उमङ्गको हरितालिका तीज

 

नेपाली महिलाको सबैभन्दा ठूलो पर्व तिज हो । पछिल्लो समय तीजको व्यापकताले देश भर निकै रौनकता छ । बदलिँदो  समयक्रमसँगै तीजको नाममा बजारमा केहि नकरात्मक गीत, भिडियो छन् भने केही पुर्खावली पुरानो भाकाका तीज छ । जो हाम्रो समुदायमा मौलिकताका साथ सबैमा उमङ्ग उस्तै नै रहेको छ । तीज पर्व पतिको दीर्घजीवन तथा असल पति प्राप्तिको लागि भाकल गर्ने एउटा परम्परागत पर्व हो ।

प्रत्येक वर्षझैं यस वर्ष पनि तीज नजिकिँदैछ । रातो सारी, गलामा पहेँलो पोते र हातमा टम्म हरिया चुरा लगाएर व्रत बसेर श्रीमानको आयुका लागि शिव मन्दिर धाउने व्रत सुरु भइसकेको छ । तीजमा खासगरी हिन्दु महिलाहरू आफ्नो पतिको दीर्घायु अनि आफ्नो अटल सौभाग्य एवं सुखद दाम्पत्य जीवनको कामना गर्दै पानीसमेत मुखमा नहाली निराहार रही शिवपार्वतीको आराधना गरी पूजाआजा गर्ने गरेको पाइन्छ । तीजको सम्बन्धमा एउटा परम्परावादी कथा पाइन्छ । हिमालय पर्वतकी छोरी पार्वतीले आफ्नो मनले चिताएको पति पाउनका लागि बसेको एउटा तपस्या हो यो । आफ्ना बाबुले आफ्नो विवाह विष्णुसँग गरिदिन गरेको प्रतिज्ञाको विरोध गरेर शिव पति पाउन पार्वतीले एकदिन एक रातभरि केही नखाई नसुती आराधना गरी शिव पति पाउनु भएको थियो । यसबाट एउटा सच्चा प्रेममा समर्पित भई एकचित्त एक मनले गरेको प्रयासले सुखी दाम्पत्य जीवन प्राप्त हुनसक्छ भन्ने सन्देश लिन सकिन्छ ।

तीजको व्रत पानी समेत नखाइ गाउँघरमा चौतारीमा रातभर नाचगान गरेर रमाईलो गर्ने गर्दछन् । माइती आएका चेलीबेटी र आफन्तसमेत सहभागी हुने भएकाले दरको रौनक रुकुमपूर्वमा अविश्मरणीय छ । महिला दिदीबहिनीहरू गाउँमा साझको समयमा आफन्त जम्मा भएर मनमा भएको पीरव्यथा खुलेर गीत गाउने र नाच्ने गर्ने गरेका छन् । बुढापाखाले परम्परा, संस्कृति, संस्कार, रीतिरिवाज अमूल्य गहनालाई सम्बोधन गरेर गीत गाउँने गर्दा युवा पुस्ताले पनि चासो दिएको देखिन्छ । पछिल्लो समय रेकर्डिङ गरिएका गीतमा नाच्ने प्रवृत्ति बढिरहेको छ । मौलिक भाकालाई जगेर्ना गर्न विगतका वर्षहरू देखि नै भूमे गाउँपालिकाले तीज मिलन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

विस्तारै हराउँदै जान थालेको तीजको मौलिक संस्कृतिको संरक्षण र चेलीका बेदना समेटिएका तीजका भाकाको संरक्षणका लागि गाउँपालिकाले कार्यक्रमको आयोजना गर्दै आएको हो । सफा र समृद्ध तर्फ उक्त नारालाई लिएर भूमे गाउँपालिका सो लक्ष्यमा अघि बढेको छ । गाउँपालिकाको तर्फबाट उमङ्गको हरितालिका तीज पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *