काठमाडौँबाट गृह जिल्ला रुकमपूर्वको उत्तरगङ्गा गाउँपालिका आउने क्रममा बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका वडा नं. २ स्थित नरेठाँटी – भुङ्खानीमा भएको सरकारी गाडी दुर्घटनाप्रति भूमे गाउँपालिकाको अध्यक्ष होमप्रका श्रेष्ठले शोक वक्त गर्नुभएको छ।
पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगर, उहाँकी ममतामयी आमा गोपीमाया बुढा मगर र सोही पालिकाका वडा नम्बर २ का वडाध्यक्ष जसबहादुर श्रीपालीको निधनले स्तब्ध भएको छु अध्यक्ष श्रेष्ठले शोक वक्तव्यमा उलेख गर्नु भएको छ।
पुथा उत्तरगंगा प्रति स्तब्ध र अत्यन्तै मर्माहत बनाएको छ।अकल्पनिय दुर्घटनाबाट ज्यान गुमाउनु हुने घटना सबै प्रति गहिरो दु: ख ब्यक्त छु। शोक सन्तप्त परिवारजन, आफन्तजन र सिंगो पुथा उत्तरगंङ्गा गाउँपालिका प्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको हो।उक्त दुर्घटनामा परि घाईते भई हाल गण्डकी अस्पताल पेखरामा उपचारार्थ चालक भूमे गाउँपालिका वडा नं. ३ सिमाका प्रेमबहादुर पुनको यथाशीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।