मनै लोभ्याउने रुकुमपूर्वका पर्यटकीय सम्पदा।

  भूमे  भाैगाेलिक  हिसावले उच्च पहाडी र हिमाली क्षेत्र रहेको रुकुमपूर्व पर्यटकीय हिसाबले निकेै धनी जिल्ला हो। संघीयता कार्यान्वयनको चरणमा जन्म भएको सबैभन्दा कान्छो जिल्लाको रुपमा रहेको रुकुमपूर्वमा सरकारी तहका प्रशासनिक तथा भौतिक संरचना निर्माणकेै चरणमा रहेको छ। ऐतिहासिक, पुरातात्विक साँस्कृतिक सम्पदाहरुका हिसाबले धेरेै अगाडि रहेको छ। भूमे गाउँ पालीकामा पर्यटकीय सम्भावनालाई उजागर गरी प्रचार…

Read More

घर सफा नराखे सरकारी सेवा बन्द

: जेष्ठ २१, २०७५ सोमबारमेगराज खड्का रुकुम- घरमा शौचालय नबनाए सरकारी सेवा सुविधा नदिइने गरेको समाचार त आउने गरेका थिए । तर, के घर लिपपोत नगरे पनि सरकारी सेवा नपाइने गरेको कतै सुन्नुभएकोे छ ? तर अचम्म मान्नुपर्दैन । नयाँ जिल्ला बनेको रुकुम पूर्वको भूमे गाउँपालिकामा यस्तै नियम बनाइएको छ ।गाउँपालिकाको वडा नं. २ कार्यालयले एक…

Read More

इ) दलित नमूना वस्ती चुनबाङ

कुनै समयमा दलितहरुलाई अछूट भनी अमानवीय व्यवहारि गर्ने सामाजिक संस्कारका विरुद्धमा अग्रणी स्थानमा देखिएको गाउँ हो चुनबाङको दलित नमूना वस्ती । साविक रुकुम जिल्लाको पहिलो छुवाछूटमुक्त गाविसको रुपमा घोषित चुनबाङको दलित वस्ती नमूनाको रुपमा विकास भएसँगै अहिले दलित समुदायको रहनसहन, संस्कृति र सफा टोलको जानकारी राख्न गन्तव्यको रुपमा विकास हुन थालेको छ । वस्ती विकास,…

Read More

आ) तीन बहिनी लेक

भूमे गाउँपालिका वडा नं ९ चुनबाङको तीन बहिनी लेक स्थानीय स्तरमा लोकप्रीय धार्मिक तथा पर्यटकीय स्थल हो । उच्च स्थानमा भएकाले रोल्पा र रुकुमका विभिन्न भाग, हिमाली दृष्यहरु अवलोकन गर्न सकिने उक्त स्थानमा बराहको मन्दिर रहेको छ । बराहको पूजा गर्दा जनधनको रक्षाका साथै मनोकामना पूरा हुने विश्वासका साथ अर्धवार्षिक रुपमा पूजा तथा बलि चढाइन्छ…

Read More

आ) भिरिबोट कोठापचौर

भूमे गाउँपालिकाको वडा नं ८ र ९ बीचको सिमाना छेडा हो कोठापचौर। उक्त स्थानबाट सुन्दर हिमाली दृष्यावलोकनका साथै विभिन्न थरिका गुराँसका फूलसँग रमाउदा एकछिन आफूलाई बिर्सन सकिन्छ। भिरमा रहेको भिरमौरीको दृष्यावलोकनका साथै इच्छुक व्यक्तिका लागि साहसिक रुपमा मौरीको रस निकाल्न पनि सकिन्छ। भेरिडाँडा जनयुद्ध संग्रहालय, युद्ध स्मारिका र कमलदहको नजिकमा रहेको कोठापचौरलाई स्याउ खेती, लालीगुराँस…

Read More

अ) ढुङ्गाखानी

अ) ढुङ्गाखानी भूमे गाउँपालिका वडा नं. ८ कुचिबाङ र पोखरापाटाको बीचमा घर छ्वाउने ढुङ्गाखानी स्थानीय आम्दानीको स्रोतका साथै पर्यटनको समेत सम्भावना रहेको छ। भूमे गाउँपालिकाको अधिकांश गाउँ, सिस्ने गाउँपालिकाका केही गाउँ र बाँफिकोट गाउँपालिकासम्मका घरहरुको छाना सजाइएको स्लेट (ढुङ्गा) खानीमा ढुङ्गा निकाल्ने ठाउँ, निकालेको स्थान र कामदारहरुले जोखिम मोलेर स्लेट निकालेको तथा काटेको दृष्य हेर्न…

Read More

आ) मगर बस्ती लाबाङ गाउँ

दुवैतिर जङ्गल, बीचमा डाँडा। सोही डाँडामा लाईन लागेका परम्परागत घरहरु। डाँडामूनिका पाखामा हरियो मकैबारी। देख्दै रमाइलो लाग्ने लाबाङ गाउँ आफैमा मगर कला र संस्कृतिको संग्रहालय नै हो। त्यति मात्र होइन यो ठाउँ माओवादी जनयुद्धको समयमा दुईलाईन संघर्षको रुपमा चिनिने आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि माओवादीले युद्ध प्रति फरक मत राख्ने बाबुराम भट्टराई लगायतका नेताहरुलाई कारबाही गरेको…

Read More

अ) फुलबारी

बाह्रै महिना विभिन्न प्रजातिका फूलहरु ढकमक्क भैराख्ने भएकाले भूमे गाउँपालिकाको वडा नं ७ र ९ को सीमाना पर्ने नेटालाई फूलबारी नामाकरण गरिएको हुनुपर्छ । उच्च स्थानमा भएकाले उक्त स्थानबाट लाबाङ, भित्रवन, भित्रवन, चुनबाङ, तीन बहिनी लेक, सिस्ने हिमाल, रोल्पाको विभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ। चुनबाङको गैरीगाउँबाट करिब ८ घण्टाको पैदल दूरीमा पुग्न सकिने उक्त स्थानमा…

Read More

आ) रिसालचौर

युद्धकालमा माओवादी जनसेनाहरुको ठूलै केन्द्रविन्दू हुन्थ्यो रिसालचौरमा। अग्लो डाँडामा चौर, जो कोहीको सहजै पहुँच नभएको र सामरिक दृष्टिकोणले समेत माओवादी जनसेनाको रोजाईमा पर्ने रिसालचौरमा धेरै तालिम सञ्चालन भैरहन्थ्यो। भूमे गाउँपालिकाको वडा नं. ६ र ७ को सीमानामा पर्ने रिसालचौर विद्यालय रहेको स्थान वडा नं. ७ मा पर्छ भने दर्ता वडा नं ६ को नाममा रहेको…

Read More

अ) ऐतिहासिक मगर वस्ती महत

जनयुद्ध कालको कुनै समय निक्कै चर्चित गाउँ थियो महत। युद्धताका तत्कालीन राज्य पक्षको सबैभन्दा माथिल्लो ओहदाका सुरक्षाकर्मीलाई अपहरण गरी युद्धको सनसनी मच्चाउने ठाउँ महत जनयुद्धको कारण मात्र चर्चित होइन। मगर वस्ती, मगर भाषा संस्कृतिको सङ्गम, घना वस्तीको परिचयको रुपमा पनि महत गाउँलाई चिनिन्छ। महतलाई मगर खाम भाषीहरुले अझै पनि “मै” भन्दछन्। खाम भारामा “मै” भनेको…

Read More