इ) सिद्धथान धार्मिक स्थल

काँक्रीको गुन्टेमै रहेको सिद्ध ठान पनि धार्मिक पर्यटन स्थलको रुपमा परिचित छ। उक्त ठानमा स्थानीयहरुले धेरै श्रद्धा गर्ने शिद्ध देवताको मूर्ति तथा मन्दिर रहेको छ। साथै वरपरको प्राकृतिक सुन्दरता, शान्त वातावरण, मनोरम दृष्य सिद्धठानका अन्य विशेषताहरु हुन्। पर्यटकीय गन्तव्यको नामः सिद्धथान धार्मिक स्थल स्थानः रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं २ गुन्टे विशेषता सिद्ध…

Read More

आ) गुन्टेको नौधारी लेकमा रहेको गुफाभित्रको ताल

भूमे गाउँपालिका वडा नं २ काँक्रीको गुन्टे झरनाको माथि गुन्टेको नौधारी लेकमा गुफाभित्र अनौठो ताल रहेको छ। लामो सुरुङभित्र स्थिर ताल र ढुङ्गाका विभिन्न विचित्र आकारका मूर्ति तथा चित्रहरु रहेका छन्। सुरुङभित्र रहेकाले रहस्यमय तालको उचित संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सकेको खण्डमा भूमेको पर्यटन विकासमा कोषे ढुङ्गा सावित हुन सक्छ। पर्यटकीय गन्तव्यको नामः गुन्टेको…

Read More

अ) गोन्टे झरना

भूमे गाउँपालिका वडा नं. २ काँक्रीको पूर्वपट्टि प्रचारमा नआएको झरना छ। करिब १०० मिटर उचाई रहेको उक्त झरनाको छेउमा पुग्दा जो कोहीलाई पनि मन्त्रमुग्ध भई फोटो नखिची, पानी नछोई फर्कन मनले मान्दैन।  सदावहार निर्मल चिऽसो पानी झर्ने उक्त झरनामाथि भूमिगत ताल रहेको बताइन्छ। उक्त झरनाबाट नजिकका गन्तव्यहरु काँक्री जनजाति संग्रहालय, नौधारी डाँडामा रहेको सुरुङभित्रको ताल…

Read More

ऋ) रिगल दह

 रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं. १ र बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकाको सिमानामा सुन्दर रिगल दह रहेको छ। वर्षको ४ महिनाजति हिउँले ढाक्ने उक्त क्षेत्र कञ्चन पानीले भरिएको छ। खाम भाषामा रि भनेको पानी र गल भनेको बँदेल अर्थात जङ्गली जनावर बँदेलले पानी खाने दह भएकाले रिगल दह नामाकरण भएको भन्ने भनाई स्थानीयको छ।…

Read More

ऊ) सरयु फुल टिप्ने लेक

भूमे पर्वको तयारी करिब डेढ महिना अघिदेखि सुरु हुन्छ। गाउँमा एक दिन बिराएर नाच गान गरेर भूमे पर्वको तयारी गरिन्छ। उक्त नाचलाई रिहर्सलको रुपमा लिने गरिन्छ। भूमे सुरु हुनुभन्दा अघिल्लो दिन भूमे पूजाका लागि पवित्र स्थानबाट फुल ल्याउनुपर्ने संस्कार बमोजिम गाउँलेहरु भूमे पुजाका अवसरमा फूल टिप्न जाँदा पूजा पाठ गर्दछन्। सोही पूजा गर्ने फूल टिप्न…

Read More

उ)पूर्व माओवादी तालिम केन्द्र तेबाङ

पर्यटकीय गन्तव्यको नामः तेबाङ स्थानः रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं १ विशेषता पूर्व माओवादी तालिम केन्द्र रहेकोसुन्दर सानो उपत्यकामौलिक गोठ घर, रमणीय वनजंगल, जंगली जनावर, पशुपंक्षी पाइने पूर्वाधार र अन्य सुविधाको अवस्थाः मध्यपहाडी लोकमार्गबाट ४ कि.मी. दक्षिणतर्फ पर्ने, पर्यटकीय सुविधाका दृष्टिकोणले उपयुक्त पूर्वाधार तथा संरचनाको निर्माण नभएको प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य…

Read More

ई) बराह मन्दिर रचिबाङ

भूमे गाउँपालिका वडा नं. १ रचिबाङको मध्यपहाडी लोकमार्ग भन्दा दक्षिणपट्टि बराहि ताल र बराह मन्दिर अवस्थित छ। स्थानीयस्तरमा मिनि कमल तालको रुपमा समेत चिनिने बराही ताल वरपर औषधीय गुणयुक्त वनस्पति बोझो प्रशस्त पाइन्छ। तालको माथिपट्टि डाँडामा धार्मिक महत्व बोकेको बराह मन्दिर रहेको छ। जरा एउटा तर हाँगामा फरक फरक प्रजातिको अनौथो रुखको फेदमा बराह मन्दिर…

Read More

इ) स्यूखार पार्क

लुकुम गाउँको पूर्वपट्टि रहेको औषधीय गुणयुक्त धुपी सल्ला रुखको बीचमा स्युखार पार्क बनाइएको छ।करिब २०० जति धुपीसल्लाका रुखहरु रहेको वनभित्र घुमेर, विभिन्न देवी देवताका थानको दर्शन गरेर, छहराको गुफा, धुपीसल्लाका फेदको गुफा, घना मगर बस्ति, झाँक्री नाचस्थल आदिको अवलोकन गरेर एकछिन आफूलाई भुल्न सकिन्छ स्यूखार पार्कमा। पर्यटकीय गन्तव्यको नामः स्युखार पार्क स्थानः रुकुम (पूर्व) जिल्ला…

Read More

आ) नाची भूम्या लुकुम

घना मगर वस्ती लुकुम गाउँको पूर्वपट्टि अग्ला अग्ला धुपी स्लाको छहारीमा परापूर्व कालदेखि भूम्या देवतालाई खुशी पार्न स्थानीयहरुले पूजा गरी नाचगान गर्ने भूमि हो लुकुमको नाची (भूम्या)। नाची भूमिको पश्चिमपट्टि झाँक्री नाच थलो रहेको छ। स्थानीयहरुको निजी प्रयासमा उक्त नाची भूमिलाई समेत विशेष स्थानको रुपमा विकास गर्न पहल भैरहेको छ। पर्यटकीय गन्तव्यको नामः नाची (भूम्या)…

Read More

अ) जनसेना तालिम स्थल रुपुगा लुकुम

मध्यपहाडी लोकमार्गको छेवैमा भूमे गाउँपालिका वडा नं. १ लिकुमको रुपुगाले यात्रुहरुको मन एकछिन तानिहाल्छ। प्राकृतिक मनोरम, हिउँदमा चारैतिर हिउँ अनि वर्षायाममा हरियाली वातावरण, गाईवस्तु चरेको, ढकमक्क फूल, शान्त स्थल उक्त स्थानको परिचय हो। रुपुगाको परिचय त्यति मात्र होइन, माओवादी जनयुद्ध कालमा म्याग्दी जिल्लाको बेनी आक्रमणपूर्व जनसेनाहरुले तालिम गरेको, स्याण्ड मोडल ब्रिफिङ गरेको स्थान पनि हो।…

Read More