काँक्रीको गुन्टेमै रहेको सिद्ध ठान पनि धार्मिक पर्यटन स्थलको रुपमा परिचित छ। उक्त ठानमा स्थानीयहरुले धेरै श्रद्धा गर्ने शिद्ध देवताको मूर्ति तथा मन्दिर रहेको छ। साथै वरपरको प्राकृतिक सुन्दरता, शान्त वातावरण, मनोरम दृष्य सिद्धठानका अन्य विशेषताहरु हुन्।
पर्यटकीय गन्तव्यको नामः | सिद्धथान धार्मिक स्थल |
स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं २ गुन्टे |
विशेषता | सिद्ध देवताको मूर्ति रहेको मन्दिरलगायत अन्य प्राकृतिक सुन्दरता |
पूर्वाधार र अन्य सुविधाको अवस्थाः | व्यवस्थित पूर्वाधार तथा सुविधा नभएको |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | पुथा उत्तरगंगा गाउँपालिकाको कोल गाउँ, नौधारी डाँडामा रहेको सुरुङभित्रको ताल, गोन्टे झरना |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | मन्दिर अवलोकन, सिद्ध देवताको पुजाआरधाना, फोटो खिच्नुका साथै रमणीय प्राकृतिक वातावरणमा समय व्यतित गर्न सक्ने |
लोकप्रियता | हरेक वर्ष वैशाख पूर्णिमाको दिन भेडाको बली दिएर सिद्ध देवताको पुजाआरधाना गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहेको |
सुरक्षा प्रबन्ध/संरक्षण | सुरक्षा तथा संरक्षण उचित प्रबन्ध नभएको |
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | सरकारी तवरबाट हालसम्म वित्तीय तथा भौतिक लगानी नभएको |
विकास गर्न सकिने सम्भावना | सरसफाइको व्यवस्थासहित मन्दिर घेरबार र मर्मत सम्भार गरी थप आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने |