अ) गोन्टे झरना

भूमे गाउँपालिका वडा नं. २ काँक्रीको पूर्वपट्टि प्रचारमा नआएको झरना छ। करिब १०० मिटर उचाई रहेको उक्त झरनाको छेउमा पुग्दा जो कोहीलाई पनि मन्त्रमुग्ध भई फोटो नखिची, पानी नछोई फर्कन मनले मान्दैन।  सदावहार निर्मल चिऽसो पानी झर्ने उक्त झरनामाथि भूमिगत ताल रहेको बताइन्छ। उक्त झरनाबाट नजिकका गन्तव्यहरु काँक्री जनजाति संग्रहालय, नौधारी डाँडामा रहेको सुरुङभित्रको ताल लगायतका स्थानहरुमा सहजै पुग्न सकिन्छ।

झरनालाई प्रचार प्रसार गरी झरनासम्म पुग्ने प्रवेशद्बार र सिंढी निर्माण गरी व्यवस्थित गर्न सकेको खण्डमा होटल व्यवसाय, पर्यटन व्यवसाय- बाट समेत रोजगारी सृजना हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *