ऋ) रिगल दह

 रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं. १ र बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकाको सिमानामा सुन्दर रिगल दह रहेको छ। वर्षको ४ महिनाजति हिउँले ढाक्ने उक्त क्षेत्र कञ्चन पानीले भरिएको छ। खाम भाषामा रि भनेको पानी र गल भनेको बँदेल अर्थात जङ्गली जनावर बँदेलले पानी खाने दह भएकाले रिगल दह नामाकरण भएको भन्ने भनाई स्थानीयको छ। उचित संरक्षण र प्रवर्द्धन गर्न सकेमा प्राकृतिक सुन्दरता, मनोरम दृष्य र शान्त रिगल दह पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गका यात्रुहरुका लागि मन बहलाउने स्थान हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *