रुकुमपूर्वकाे भूमे गाउँपालिकाका अध्यक्ष हाेमप्रकाश श्रेष्ठले हिन्दू महिलाले मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नु भएको छ ।
माैलक कला सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्न र मौलिक पर्वहरूलाई भावी पुस्तामा हस्तान्तरणमा जाेड दिन शुभकामना सन्देश जारी गर्नुहुँदै स्वदेश तथा विदेशमा बस्नुभएका सबै नेपाली दिदी बहिनीलाई शुभकामना दिनुभएको छ ।
हरितालिका तीजको मौलिकता कायम राख्दै यसको सांस्कृतिक महत्व जगेर्ना गर्न र खर्चिलोपनलाई हटाउन आवश्यक रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभएको छ ।
समाजमा विद्यमान लैङ्गिक, जातीय विभोद लगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाज निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गरी संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्धन गर्नेगरी चाड पर्व मनाउन अपेक्षा गर्नु भएको छ।