विकट क्षेत्रहरू मध्ये एक मानिने एउटा यस्तो क्षेत्र छ । जहाँ आधारभूत विकासका पूर्वाधार अहिलेसम्म पूर्ण रूपले सुविधा पुग्न सकेको छैन् । जहाँ मोबाइल नेटवर्क भरपर्दाे छैन्, इन्टरनेटको राम्रो सुविधा छैन्, यो अभाव र कठिनाइका बिचबाट भूमे गाउँपालिकाले गाउँपालिकावासीलाई सकेको सम्म भरपर्दाे सेवा प्रवाह गर्दै आएको छ । विकट क्षेत्र भएकै कारण निकै चपेटा परेको भूमेली नागरिकको काँचुली भूमे गाउँपालिकाले फेर्दै गइरहेको छ । जसको कारण पालिकाको सेवा प्रवाह प्रति नागरिक पनि सन्तुष्टि छन्, जसको कारण होला कार्यसम्पादनमा पनि उत्कृष्ट पालिकाको रूपमा स्थापित हुँदै आएको छ ।
गत आर्थिक वर्षको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा जिल्लामै अब्बल पालिका बनेको छ । पुथाउत्तरगंगा गाउँपालिकाले ७२ अंक र सिस्ने गाउँपालिकाले ६२ अंक प्राप्त गर्दा भूमे गाउँपालिकाले ८०.५० अंक प्राप्त गरी जिल्लाको पालिकाहरूमा कार्यसम्पादनमा पहिलो बनेको हो । सबैभन्दा पहिले यहाँको वस्तु स्थिति, जनताको पीडा, मर्का बुझेर पालिकाले काम गर्दै अगाडि बढ्दा गाउँपालिकाले सफलता हासिल गर्दै आएको छ । भरपुर सेवामा रातदिन नभनि जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारीले कठिनाईका बाबजुदमा पनि कुशलताका साथ काम गर्दै जादा पालिका अब्बल नजिताको भाग्यदार बनेको छ ।
यस गाउँपालिकालाई स्मार्ट पालिका बनाउनमा सफलता हासिल भइरहेको छ । कसै पनि नागरिक सरकारी कार्यालयबाट सेवा ल्याउन नछुटुन भन्ने लक्ष्यको साथ गाउँ–गाउँमा पुगेर एकीकृत घुम्ती शिविर सेवा सञ्चालन गर्दा नागरिकलाई खुसी मिल्नु भनेको गाउँपालिकाको ठूलो उपलब्धी हो । गरिब, दलित र जनजातिको बसोबास रहेको यहाँ सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको नाजुक अवस्थाबाट सबल बन्दै छन् । पालिका सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीमा जनताको पहुँच वृद्धि तर्फ लागि परेको छ ।