पत्रकार समाजको ऐना हुन: विद्यार्थी नेता रसाईली

रुकुमपूर्व भूमे गाउँपालिकाको प्रेस सेन्टर नेपालको दोस्रो गाउँ समितिको सम्मेलनमा शुभकामना मन्तव्य दिदैँ समाज निर्माणमा छर्लङ्ग अनुहार बाहिर ल्याउने ऐना पत्रकार भएको बताउनुभयो।
रुकुमपूर्वमा मात्र नभएर देशको विगत र दुर्गम क्षेत्रहरुमा पत्रकारले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाईलीले गाउँ-गाउँमा अब नयाँ पत्रकार उत्पादन गर्ने बताउनुभयो।जहाँ कि रुकुमपूर्व तीन स्थानीय तहमा रहेको पर्यटकिय स्थाल प्रचास-प्रसार गरेर अहिले जिल्लाको विभिन्न स्थानहरुमा ठुला ठुला चलचित्र निर्माण हुनुमा पत्रकारको योग्दान रहेको बताउनुभयो।

हरेक वडाको हरेक गाउँमा नयाँ अनुहार भएका पत्रकार जन्माउनमा उहाँले सरकारसंग पहल कदमी अगाडि बढाएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *