ई) आदिवासी जनजाति संग्रहालय
भूमे गाउँपालिका आदिवासी मगरहरुको बाहुल्यता रहेको गाउँपालिका हो। हरेक गाउँ गाउँमा फरक फरक जनजाति कला संस्कृति रहेका छन्। आ आफ्नै कला, संस्कृति, प्रथा, परम्परा, रीतिरिवाज, भाषिका यहाँका जनजातिहरुको मौलिकता र सम्पदा हुन्। आदिवासी जनजातिहरुको मौलिकता र सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले भूमे गाउँपालिकाको वडा नं २ काँक्रीस्थित २०७० सालमा आदिवासी जनजाति संग्रहालयको स्थापना भएको हो। संग्रहालयमा मगर समुदायको भेषभुषा, कला संस्कृति, चालचलन, रीति रिवाज झल्कने सामाग्रीहरु संकलन गरी प्रदर्शन गर्ने कार्यको थालनी हुन थालेको छ। हालसम्म संग्रहालय भवन, सडक, प्रवेशद्वार र खानेपानी तथा शौचालयको सुविधा भए पनि व्यवस्थित गर्न बाँकी नै रहेको छ।
पर्यटकीय गन्तव्यको नामः | आदिवासी जनजाति संग्रहालय |
स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं २ काँक्री |
विशेषता | आदिवासी जनजाति र विशेषगरी मगर समुदायले प्रयोग गर्ने भाडा वर्तन, कपडा, गहना र संस्कारसँग सम्बन्धित चिजवस्तुहरु सजाइएको |
पूर्वाधार र अन्य सुविधाको अवस्थाः | २०७० सालमा स्थापना भएको उक्त संग्रहालय सडक, प्रवेशद्बार खानेपानी तथा शौचालयसहितका पूर्वाधार तथा सुविधा भएको |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | काँक्री गाउँ, गोन्टे झरना तथा सिद्धथान |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | संग्रहालयभित्रका सामाग्रीहरुको अवलोकन, फोटो खिच्नुका साथै अध्ययन अनुसन्धान गरेर समय व्यतित गर्न सक्ने |
लोकप्रियता | मगर समुदायका पुराना मौलिक प्रथा, परम्परा, भेषभूषा, रहनसहन तथा संस्कृति झल्काउँछ |
सुरक्षा प्रबन्ध/संरक्षण | सुरक्षा तथा संरक्षण उचित प्रबन्ध नभएको, सम्पदाको सुरक्षा चुनौति रहेको |
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | साविक जिविसको कार्यालय रुकुमबाट भवन निर्माण भएको आदिवासी जनजाति महासंघबाट फर्निचरका सामाग्रीहरु उपलब्ध गराइएको |
विकास गर्न सकिने सम्भावना | सुरक्षा व्यवस्थासहित संग्रहालयको प्रभावकारी व्यवस्थापन गरी थप आकर्षक ऐतिहासिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने |