क्याङ्सी गाउँमा माओवादीले जनवादी स्कुल सञ्चालन गरेको थियो। त्यहाँ जनमुक्ति सेनाको तालिमस्थल चौर पनि छ। जहाँ बंकरका अवशेषहरु देख्न सकिन्छ। छिपखोलाबाट २०६१ सालमा सारेको क्याङसीको बासु निमाविलाई २०६८ सालमा सरकारी स्कुलमा गाभिएको हो। जनयुद्वमा यो स्कुलमा सहिद परिवार, घाइते, अपांग, टुहुरा टुहरी र जनमुक्ति सेनाका बाल बच्चा पढ्थे।
पुरानो भवनमा जनवादी पुस्तक, कम्प्युटर र पर्चा सुरक्षित गरी राखिएको छ। यी ऐतिहासिक सामान संग्रह गरी संग्रहालय बनाउन सके भावी पुस्तालाई राम्रो कोशेली बन्न सक्छ।
पर्यटकीय गन्तव्यको नामः | जनवादी विद्यालय संग्रहालय र क्याङ्सी तालिम केन्द्र |
स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं ३ क्याङ्सी |
विशेषता | बङ्कर, टनेल जस्ता सेना तालिम अवशेष रहेकाले युद्ध पर्यटन, खोज अध्ययनको स्रोत, तत्कालीन माओवादीद्वारा सञ्चालित जनवादी विद्यालयको भौतिक पूर्वाधार तथा शिक्षणका क्रममा प्रयोग गरिएका सामाग्री, पाठ्यपुस्तकहरु रहेको |
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | मध्यपहाडी लोकमार्ग अन्तर्गतको खाबाङबाट खाबाङबगर-क्याङ्सी-झुम्लाबाङ सडक पहुँचखाना र आवास तथा शौचालयका लागि नजिकमा लुकुम वस्ती रहेको |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | मगर वस्ती लुकुम, महत, थबाङकमलदह अवलोकन, चेप्टे ढुङ्गा, राम्लीबाट दृषावलोकनतामाखानी तथा तक्सार झुम्लाबाङ, तामाखानी सेराबाङ |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | संग्रहालयमा तत्कालीन माओवादीद्वारा सञ्चालित जनवादी विद्यालयको पाठ्यक्रम अध्ययनतत्कालीन माओवादी सेनाले तालिम गरेको स्थल अवलोकन |
लोकप्रियता | जनवादी विद्यालय क्याङ्सी नामले परिचित |
प्रदेश एवं स्थानीय तहको लोकप्रियता | मगर संस्कृतिको गाउँ क्याङ्सी र जनवादी विद्यालय (मोडेल स्कुल) रहेको स्थानले परिचित |
सुरक्षा प्रबन्ध/संरक्षण | जनवादी विद्यालयका लागि पर्खाल घेराबार |
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | तत्कालीन अवस्थामा मोडेल स्कुल सञ्चालनका लागि स्थानीय श्रमबाट दुईवटा भवन तथा पर्खाल निर्माण भएकोभूमे गाउँपालिकाबाट आ.व. २०७५।०७६ मा Landscape Data Survey |
विकास गर्न सकिने सम्भावना | जनवादी विद्यालय सञ्चालन भएको भवन र तत्कालीन अवस्थामा प्रयोग भएको पाठ्यक्रम तथा गतिविधि समेटेर जनवादी विद्यालय संग्रहालयको रुपमा विकास गर्न सकिनेयुद्ध तयारी तालिमस्थलमा भएका संरचनाहरुलाई संरक्षण |