भूमे गाउँपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने राम्ली लेक पनि पर्यटनको सम्भावना हुन सक्छ । लेकको समथर भूभागबाट सिस्ने हिमाल, रोल्पाको जलजला, धौलागिरी हिमाल र रुकुम (पूर्व) तथा रुकुम (पश्चिम)का विभिन्न भू-भागको दृष्यावलोकन गर्न सकिन्छ । ऋषि पूर्णिमा र ज्येष्ठ पूर्णिमामा पूजा समेत गरिने उक्त स्थानमा फूलबारी बगैचाको स्थापना, ट्रेकिङ मार्ग. प्रतिक्षालयको निर्माण र अतिथि गृहको निर्माण गरेर पर्यटनको थप प्रवर्द्धन समेत गर्न सकिन्छ ।
| पर्यटकीय स्थल नामः | राम्ली लेक |
| स्थानः | भूमे गाउँपालिका वडा नं.३ क्याङसी |
| विशेषता | समथर भू-भाग भएको,त्यहाँबाट सिस्ने हिमाल, रोल्पाको जलजला, धौलागिरी हिमाल, रुकुम पश्चिमको विभिन्न भागहरु देखिने।विभिन्न किसिमको रमणीय ठाउँहरुको अवलोकन र अध्ययनस्वच्छ तथा मनोरम वातावरणमा रमाउन पाइने रुकुम (पूर्व)को अन्तिम सिमानासम्मको अवलोकन गर्न सकिनेरिखि पूर्णमा र जेठे पूर्णिमामा आत्म विश्वासको लागि पूजा पाथ गरिने |
| पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | सडक, खानेपानी, होटल शौचालय आदिको सुविधा नभएको |
| प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | पूथा उत्तरगंगाको सम्पूर्ण भागहरुमा जान सकिने सकिनेलेक बाट सिस्ने हिमाल, रोल्पाको जलजला तथा विभिन्न ठाउँहरुको अवलोकन |
| पर्यटकले समय व्यतित गर्न सक्ने आधार | अध्ययन अनुसन्धान, मनोरञ्जन, आदि लिन सकिने |
| लोकप्रियता | स्थानीयले रिखि पूर्णिमा र जेठे पूर्णिमामा पूजा गर्ने भएकोले लोकप्रिय भएकोविभिन्न क्षेत्रहरुको अवलोकन गर्न सकिने |
| प्रदेश एवं स्थानीय तहको लोकप्रियता | भौगोलिक वनावटले अतन्तै महत्वपूर्ण रमणिय तथा स्वच्छ वातावरणमा रमाउन पाईनेअत्यन्तै रमणीय स्थलहरु भएको स्वच्छ वातावरण भएको |
| हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | त्यस लेकमा विगत समयमा हेलो नेपालको टावर निर्माण भएको र हाल नमस्तेको टावरको लागि विशेष पहल भैराखेको |
| विकास गर्न सकिने सम्भावना | फूलबारी बगैचाको स्थापनाट्रेकिङ मार्गप्रतिक्षालयको निर्माणअतिथि गृहको निर्माण |