काँडाको धबाङचौर डाँडाबाट पश्चिम दिशातर्फ फर्कँदा मनोरम हिमाली दृष्य र परम्परागत गाउँ र बारीका बालीको दृष्यले मनै लोभ्याउँछ। कुनै समयमा झुम्लाबाङ, काँडा र सेराबाङमा तामाखानी रहेको उक्त स्थानहरुमा तामा निकालेको खानीका सुरुङहरु देख्न सकिन्छ। स्थानीय बोलीचालीमा सानो दाङ भनेर चिनिने वडा नं ४ र ५ कै तल्लो साकिम र उपल्लो साकिमको दृष्यले पनि जोकोहीको ध्यान एकछिन तान्छ। कमल दह र देउराली ओडारको नजिकै रहेको साकिमलाई व्यवस्थित खेतीपातीबाट नै कृषि पर्यटनमा बढावा दिन सकिने सम्भावना छ।
भूमे गाउँपालिका, रुकुम (पूर्व)