झुम्लाबाङ (२३१५ मिटर) गाउँमा मगर, नेवार, गुरुङ, ठकुरी, क्षेत्री र दलितको बसोबास छ। करिब तीन सय वर्ष अघि यो ठाउँमा गुल्मिको भारसेबाट बुढा, बागलुङको गल्कोटबाट राना र भक्तपुरबाट नेवारहरू तामाखानी र तक्सारकै सिलसिलामा बसाई सरेर आएको बताइन्छ। पश्चिममा चालनेटा (२३५५ मि.) डाँडामा राहुल राजाको दरबारका अवशेष छन्, उत्तर चम्बाङमा धार्मिक स्थल छ। पूर्वतिर रामली चौर छ जहाँबाट काँक्री, महत, लुकुम, र अन्य भूभाग देखिन्छ।
तामाखानी रहेको र पहिला टक्सार बसेको ठाउँ व्यवस्थित गर्न सके पर्यटन केन्द्र बन्न सक्छ। झुम्लाबाङ भिलेज फाउण्डेशनले गाउँमा सामुदायिक अस्पताल, साँस्कृतिक भवन र अर्थ ब्याग स्कुल भवन निर्माण गरेको छ।
Photo: Buddha Kush
पर्यटकीय स्थल नामः | झुम्लाबाङ तामाखानी |
स्थानः | भूमे गाउँपालिका वडा नं. ३ झुम्लावाङ |
विशेषता | तामाका धाउ र उत्खनन् गरिएका तामा खानीहरु प्रशस्त रहेकोखानी सुरुङलाई पर्यटकीय स्तरको रुपमा विकास गर्न सकिनेचार दिशाका देवता (शिद्ध ठान, माई ठान, बराह ठान, बराजु ठान) को ठान/मन्दिर रहेकोले पुजापाठ दर्शन गर्न सकिने |
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | सडक, खानेपानी, शौचालय आदिको सुविधा भएको |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | राजदरबार, चनबाङ गुफा, गुराँसे लेक जान सकिनेमहत युद्ध फिचर, जनवादी विद्यालय क्याङ्सी, जनजाति संग्रहालय, कमल तालको नजिकै रहेको |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | अध्ययन अनुसन्धान, मनोरञ्जन आदि |
लोकप्रियता | झुम्लाबाङको सिनतामोको नामले प्रख्यात, उक्त तामाबाट बीचमा प्वाल परेको तामाको पैसा, तामाको भाँडा हेर्न पाइने। |
विकास गर्न सकिने सम्भावना | सडक पूर्वाधारको निर्माण,खानी रहेको ठाउँहरुलाई संरक्षण तथा संवर्द्धन गरी प्रचारप्रसार गर्नेमन्दिर क्षेत्र सरसफाई तथा पुनर्निर्माणघेराबार |