धार्मिक पर्यटकीय स्थल प्रभु महाराजको कुटी

धार्मिक पर्यटकीय स्थल प्रभु महाराजको कुट

रुकम(पूर्व।पर्यटकलाई आकर्षण गर्न सकिने क्षेत्रमध्ये गुफा पनि एक हो।भौगोलिक रुपमा विकट भएपनि पूर्वीं रुकुममा दर्जनोै गुफाहरु रहेका छन्।तीमध्ये भूमे गाउँपालिकाको वड़ा नं.३मा पर्ने धार्मिक पर्थटिकीय स्थल प्रभु महाराजको कुटी गुफा झुम्लावाङको सिरानमा रहेको छ।प्रभु महाराज त्यहीं अन्तरध्यान भएको विश्वासका आधारमा गाउँलेहरु उक्त स्थानलाई विशेष धार्मिक स्थलको रुपमा श्रद्धा गर्दछन्।झुम्लाबाड़ सिरानको तीर्थस्थल चम्बाङमा अहिले पनि गुफा, कुटीको भग्नावशेष र यज्ञे कृण्ड रहेको छ।आजभन्दा करिव ३ सय वर्ष अगाडि चम्बाङमा एक योगी प्रभु महाराज वस्दथे।

गाउँलेहरु प्रभ महाराजलाई भेट्न जाँदा फलफूल,खानेकुरा,परिकार लिएर जाने गरेको ८३ वर्षकी तिरमाला विकले विगतको कुरा सम्झदै भन्नुभयो।कोशेली लिएर प्रभु महाराजलाई भेट्न जाँदा मनमा सोचेको कुरा प्रभु महाराजले पहिल्यै भनिदिन्थे।कसैलाई केही वरदान माग्न् परेमा विश्वास गरेर प्रभु महाराजको शरणमा गएमा आफु्सँग भएको कुनै फूल अक्षता पात वा कुने‌ जङली जनावर टिपेर दिनुहुन्थ्यो।विश्वास नगरेर ओैपचारिकताका लागि मात्रेै वरदान माग्न गएमा उल्टे गाली गरेर आगामी दिनमा अविश्चास लिएर नआउन भरनी सम्झाएर फर्काउने गरेको विकले आफ्नो अनुभव सुनाउन् भयो।

पछिल्लो समय प्रभु महाराज कहाँ गए के गरे केही थाहा भएन झुम्लाबाङका ७६ वर्पीया कृष्ण थापा मगर भन्नहुन्छ। “प्रभु महाराज त्यहीं अन्तरध्यान भएको स्थान भएकाले गाउँलेहरु उक्त स्थानलाई विशेष धार्मिक स्थलको रुपमा श्रद्वा गर्दछन्।”प्रभु महाराज सात्विक भएकाले उक्त स्थानमा बलि चढ़ाइदैन।नजिके प्रभु महाराजको कुण्ड रहेको छ।उक्त कुण्डमा रहेको जल आफ्नो शिरमाथि छर्किएमा अज्ञानमा भएका छल पापहरू नष्ट भई पवित्र हने विश्वास गरिएको थापा बताउँछ्यन्।कुटी गुफाको छुट्टै विशेषता प्रभु महाराज बसेको कुटी, उनले खाने पानीको कुवा तथा पर्खालको भग्ना वशेष अझैसम्म राम्रोसैँग देख्र सकिन्छ।

पहिले गाउँका मानिसले वर माग्न गएमा जंगली जनावर, फल वा केही चिज टिपेर तिम्रो इच्छा पूरा हुने कुरा कम्बदन्ती भन्ने। अहिले पनि वैशाख जेठमा खड़ेरी परेमा गाउँले जम्मा भएर गाजाबाजासहित उक्त स्थानमा पानी माग्न जाने र साँझपख पानी पर्ने विश्वास गरिन्छ। जलजला देवताकै शाखा मानी वैशाख पूर्णिमामा पूजा हुने (दिशामार) पूजा आजा दृश्यावलोकन गरेर फर्किन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *