हराउँदै सिङ्गारु नाचको परम्परा

 


हराउँदै सिङ्गारु नाचको परम्परा

रुकुम (पूर्व) सिङ्गारु भूमे गाउँपालिका वडा नं. ३ झुम्लाबाङमा बाजे बाजुराको पालादेखि नाच्दै गाउँदै आएको सवैभन्दा पुरानो नाच हो। अहिले भूमेको झुम्लाबाङमा मात्रै यो नाच्ने गरिन्छ । जिल्लाको लोकसंस्कृति हराउँदै जाँदा चिन्ताजनक रहेको छ । दशैं लगायतका चाडबाड र अन्य पर्वहरुमा हुने विभिन्न किसिमको सांस्कृतिक जगेर्ना र रमाइला पक्षहरु विस्तारै हराउन थालेको र भोलिको पुस्तालाई हस्तान्तरण गर्न सकिन कि भन्ने चिन्ता लाग्न थालेको झुम्लाबाडका ६३ वर्षीया तोपवहादुर विकले बताउनु हुन्छ।

“दसैको बेला गाउँघरमा हालिने लिङ्गे पिङ अघिल्लो बर्षको दसैँदेखि नै हाल्न छोडेका छन्, गाउँभरि युवा जम्मा भएर भैलो देउसी, नाचगान र रातभरि रमाइलो गर्दथे । पुर्खाले चलाएको संस्कृति लोप हुन थाल्ला भनेर बुढापाकाहरुले चिन्ता गरिरहेका छन्, विकले भन्नुभयो, “हाम्रो पालामा युवतीले पिङको डोरी बनाउन जङ्गलमा गएर बावियो काटेर ल्याउने र केटाहरुले जङ्गलबाट लामो डाली भएको लिङ्गो काटेर दसैँमा पिङ हाल्ने गर्दथे । अहिलेका युवा केटाकेटीहरुमा पहिलेको जस्तो जाँगर र संस्कृतिप्रतिको मोह नै
देखिदैन । ”


पहिले सबै गाउँमा पिङ हालेको प्रशस्त हुन्थ्यो अहिले पिङ हालेको गाउँ कमै भेटिन्छन्। दसैँमा मात्र नाचिने सिङ्गारु नाच नाच्न भन्दा युवा युवतीहरु मोबाइल, टिभी, सामाजिक सञ्जालमै रमाउन थालेका छन् । प्रविधिको विकासले गर्दा पुर्खाले चलाएको लोपोन्मुख सिंगारु नाच लोप हुने अवस्था पुगे भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। लोक संस्कृतिको संरक्षण र सम्बर्द्धनमा युवा पुस्ताले ध्यान नदिए अर्को पुस्ताले यस्ता सांस्कृतिक गीत नृत्यहरु देख्नपाउने स्थानीय बताउँछन् । वर्ष दिनको दसैँमा घर लिपपोत गरेर माथितिर कमेरो माटो र तलतिर रातो माटोले घर लिपेर झकिझकाउ पारिन्थ्यो । अहिले माटोको ठाउँमा बजारिया रङ र चुन लगाउन थालेका छन् । पहिले गाउँघरकै झ्याली दमाहा पैचन स्थानीय बाजा घन्किन्थे भने अहिले बजारको डिजे डेकले ठाउँ ओगटेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *