भूमे गाउँपालिका वडा नं. ३ सिमाको बाजुमधारामा रहेको दूर्गा भवानीको मन्दिर धार्मिक दृष्टिकोणले स्थानीय स्तरमा लोकप्रिय छ । खास गरी स्थानीय झाँक्रीहरुको देउता कम्फु रम्मा ओल्पिएको (अलप भएको) ठाउँको रुपमा परिचित उक्त ठाउँमा स्थानीयहरुले पुजा पनि गर्दछन् ।
पर्यटकीय स्थल नामः | दुर्गा भवानी मन्दिर |
स्थानः | भूमे गाउँपालिका वडा नं. ३ सिमा बाजुमधारा |
विशेषता | दुर्गा भगवानको दर्शन ,मन्दिरको क्षेत्रबाट मध्यपहाडी लोकमार्गको अवलोकन लगायत विभिन्न क्षेत्रहरुको अवलोकन, कम्फुरम्मा सिंढी अवलोकन |
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | मन्दिर भएको तर घेराबार नभएकोहोटल, खानेपानी तथा शौचालयको व्यवस्था नभएको |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | हरियाली र सरसफाई युक्त सिमा गाउँको अवलोकनसिमा खेतमा गहुँको उन्नत विउँको उत्पादन पलाष्टिक टनेलभित्र अर्गानिक तरकारी खेतीको अवलोकनइसाई धर्मालम्वीहरुको चर्चको अवलोकनचन्वाङ गुफा ,राजदरवार, तामा खानी जान बस्न र हेर्न सकिने |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | मन्दिरको दायाँतर्फ तामाखानीको अवशेष हेर्न सकिनेपूजापाठ तथा धार्मिक आस्था |
लोकप्रियता | अद्भूत र अलौकिक शक्तिका कम्फूरम्मा देवता स्थानीय झाँक्री ओल्पिएको र जनताले त्यस ठाउँलाई धार्मिक आस्थाको रुपमा हेर्ने गरेको |
सुरक्षा प्रबन्ध/संरक्षण | मध्यपहाडी लोकमार्गबाट मन्दिरसम्म सिंढीतारजाली तथा घेरावारको आवश्यक्ता पालेको व्यवस्था नभएको |
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | स्थानीय बजार सिसाघारी बजार व्यवस्थापन समितिबाट मन्दिर निर्माण गरिएको |
विकास गर्न सकिने सम्भावना | फूलबारी बगैचाको स्थापनामन्दिरसम्म पुग्ने सिँढी, गेट र रेलिङका साथै प्रतिक्षालयको निर्माण |