अ) ढुङ्गाखानी

अ) ढुङ्गाखानी

भूमे गाउँपालिका वडा नं. ८ कुचिबाङ र पोखरापाटाको बीचमा घर छ्वाउने ढुङ्गाखानी स्थानीय आम्दानीको स्रोतका साथै पर्यटनको समेत सम्भावना रहेको छ। भूमे गाउँपालिकाको अधिकांश गाउँ, सिस्ने गाउँपालिकाका केही गाउँ र बाँफिकोट गाउँपालिकासम्मका घरहरुको छाना सजाइएको स्लेट (ढुङ्गा) खानीमा ढुङ्गा निकाल्ने ठाउँ, निकालेको स्थान र कामदारहरुले जोखिम मोलेर स्लेट निकालेको तथा काटेको दृष्य हेर्न सकिन्छ। अनकन्टार जङ्गलभित्र ट्वाक ट्वाक गरेको आवाज पहिल्याउँदै जाँदा स्लेटको खानी देख्न सकिन्छ। स्थानीय वनसमितिबाट संरक्षित उक्त खानीलाई व्यवस्थित रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न सकेको खण्डमा आम्दानीका साथै पर्यटन प्रवर्द्धन समेत हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *