भूमे गाउँपालिकाको वडा नं ८ र ९ बीचको सिमाना छेडा हो कोठापचौर। उक्त स्थानबाट सुन्दर हिमाली दृष्यावलोकनका साथै विभिन्न थरिका गुराँसका फूलसँग रमाउदा एकछिन आफूलाई बिर्सन सकिन्छ। भिरमा रहेको भिरमौरीको दृष्यावलोकनका साथै इच्छुक व्यक्तिका लागि साहसिक रुपमा मौरीको रस निकाल्न पनि सकिन्छ। भेरिडाँडा जनयुद्ध संग्रहालय, युद्ध स्मारिका र कमलदहको नजिकमा रहेको कोठापचौरलाई स्याउ खेती, लालीगुराँस क्षेत्रको रुपमा विकास निर्माणका साथै पार्क, भ्यूटावर निर्माण गर्न सकेको खण्डमा बाह्य तथा आन्तरिक पर्यटकहरुका लागि एकछिन मन टहलाउन सकिने वातावरण बनाउन सकिन्छ।
आ) भिरिबोट कोठापचौर
