पर्यटन प्रवर्द्धनमा गाउँपालिकाको लगानी : सम्पादकीय

 

भौगोलिक रुपमा विकट तर सुन्दर हिमाल, उच्च महाभारतीय पर्वत श्रृखला, पाँटन, बहुल संस्कृति, मौलिक भेषभूषा आदिले गर्दा भूमे गाउँपालिका पर्यटकीय गन्तव्यको केन्द्रबिन्दु को रुपमा विकास भएको छ।अझैं युद्ध पर्यटनले त प्राकृतिक सुन्दरता भन्दा देशकै भिन्न विशेषता मार्फत भूमेलाई चिनाएको छ।भूमे गाउँपालिकाले युद्धले थिलोथिलो पारेका गाउँबस्तीलाई पर्यटन पुर्वाधारको बिकास मार्फत युद्धको चोटहरुमा मल्हम लगाउने प्रयास गरिरहेको छ।

 

देशमा एक दशक भन्दा लामो समय सम्म चलेको सशस्त्र द्वन्द्वको केन्द्रबिन्दु रुकुम र रोल्पा हो।तत्कालिन युद्धसँग जोडिएको स्थान देशभर धेरै भए पनि रुकुम र रोल्पा सशस्त्र युद्धको पर्यायवाची शब्दजस्तै बनेको छ।अहिले गाउँपालिकाले पर्यटकीय स्थानलाई जोड्न ट्रेकिङ रूटको संजाल विकास गरिरहेको छ।गाउँपालिका भित्र रहेका पर्यटनलाई विकासका गतिविधि र शान्तिको सन्देश दिने उद्देश्यका साथ भूमे गाँउपालिका भित्रको युद्धसंग जोडिएको स्थलहरुमा अहिले युद्ध पर्यटन पुर्वाधार निर्माणमा लगानी गरिरहेको छ।

 

भौगोलिक, धार्मिक, सांस्कृतिक, जैविक विविधतायुक्त भूमे घुम्न विभिन्न ठाउँबाट धेरै थरी पर्यटक आइरहेका छन्।जिल्लाभित्र र जिल्ला बाहिरका कर्मचारी तथा विद्यालयले गरी बिदा मनाउन, धार्मिक  यात्रा र बुकी पाटनको पर्वतारोहणका तथा युद्धको अनुसन्धान गर्न समेत भूमे आउने गरेका छन्।हिमालय शृंखला र ढोरपाटन सिकार आरक्ष दृश्यावलोकन, पदयात्रा र पवर्तारोहणमा आनेहरूको संख्या दिनानुदिन बढिरहेको छ।साथै रोल्पा, रुकुमपूर्व र बाग्लुङको सीमानामा पर्ने बुकी पाटन, रिगल दह, तिलाचन ताल र यस वरिपरिका सुन्दर दृश्य हेर्न बाह्रैमास पर्यटक आउने गरेका छन्।पर्यटकका कारण होटल र पसल व्यवसायमा टेवा पुगेकै छ, रैथाने संस्कृति प्रवद्र्धन पनि भइरहेको छ।अहिलेत पर्यटन क्षेत्रबाट भूमेले बहुआयामिक लाभ लिन सुरुवाट गरिसकको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *