बाख्रा र कालिज पालनबाट राम्रो आम्दानी


 

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ९ चन्बाङमा एक युवाले बाख्रा पालन राम्रो आम्दानी गरेका छन।रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा बिदेसिएको अवस्थामा भूमे गाउँपालिका वडा नम्बर ९चन्बाङमा यतिखेर युवा बाख्रा पालनमा लागेका छन्।विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा लागेको पदम बहादुर पुन अहिले भने नविनतम शैली र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रा पालनमा लागेको छन।उमेरले ३० वर्ष पुगेका पुन आधुनिक शैलीमा बाख्रा पालन गर्न थालेका छन।लुम्मा बहुउदश्य कृषि फर्ममा वयर बाख्रा पालन गरेका छन।

विदेश जानलाई वनाएको त्यही हरियो पासपोर्ट बोकेर सुनौलो जीवनको परिकल्पना गर्दै परदेशको भूमिमा रगत पसिना बगाउने सोच बनाएका पदम बहादुर अहिले ५० वटा बोयर माउ बाख्रा पाल्न सफल भएका छन।५माउ बाख्राबाट सुरु गरेका बाख्रापालन अहिले फस्टाउँदै गएको उनि बताँउछन।

हाम्रो घरमा पहिलेदेखि नै बाख्रा पालिन्थ्यो। उनी भन्छन्, बोयर बाख्रा लोकल भन्दा छिटो बढ्ने बढी तौल हुन्छ।यसबाट राम्रो आम्दानी हुने रहेछ भन्ने मलाई थाहा भएको छ।सुरुमा त कस्तो हुँदो रहेछ भनेर एक ढेड वर्ष हेरे राम्रो हुँदै गएपछि हौसला मिलेको छ। विगतको ४ बर्ष यता बाख्रा पालन फर्म दर्ता गरेको हुँ ! सानो लगानीबाट सुरु गरेको ब्यबसायले अहिले महिनामा लगभग ३५ हजार भन्दा बढी बआम्दानी हुने गरेको पुन बताउनु हुन्छ।पुनको खोरमा अहिले साना ठूला गरी ८० भन्दा बढी बाख्रा रहेको छ। आफ्नै पुख्र्यौली जग्गा विदेशमा गएर दुख गर्नु भन्दा आफ्नै देश नेपालमा लगानी गर्दा जिवन भर बाख्रापालनबाट राम्रो जिविको पार्जन गर्ने पदमको सोच रहेको छ।

बाख्रा पालन संगै कालिज पालन पनी
४ बर्ष अघिदेखि पदमले बाके जिल्लाको खजुराबाट साना ३सय सुनौलो विदेशी प्रजातीको कालिजको बच्चा लिएर लुम्मा बहुउदश्य कृषी फर्ममा महन्तको साथ कालिज पालनमा पनी बेस्त देखिन्छन ।पुन भन्छन मलाई दशै तिहार कहिले आउँछ पट्टै हुदैन विहान उठ्ने वितिकै जगंल तिर बाख्राको लागि सोतर स्याउला ल्याउन जान्छु।बाख्रा र कालिज हेर्न नै ठिक हुन्छ। अहिले कालिजको माग बजारमा धेरै रहेको छ।

जग्गामा घेराबन्दी गरेर कालिज पालन गर्दै आएका पुन विगत ४ बर्ष देखि फर्म तयार गरेर ३ सय कालिजका चल्लाबाट व्यवसाय सुरु गरेका उनले पछिल्लो समय स्थानीय सरकारले किसानको उत्पादन बढाउन यन्त्र उपकरण लगायत र बजार व्यवस्थापनमा सहयोग गरे अझ सहज हने आशा गरेका गरेका छन।

कालिजको चल्ला राखेको एक बर्ष भदा बढी पालेपछि बल्ल बेच्न लायक हुने र कालिज बिक्री गर्न एउटा कालिज २ हजार भन्दा बढीमा बिक्री हुने गरेको उनी बताउछन।उनको फर्मबाट उत्पादित कालिजको माग जिल्ला भर हुने गरेको छ।कालिज बिक्री गर्न योग्य बनाउन धेरै समय लाग्ने र उत्पादन पनि कम भएको मूल्य महँगो पर्न जाने उनी बताउँछन्।मेहन्तको फल्लले गर्दा गाउँकै माटोमा सुन फलाउन सकिने सन्देश लुम्मा बहुउदश्य फर्मले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *