नेपालमा फैलिएको लम्पीस्किन रोग सम्बन्धी जानकारी

 

  • नारायण ओली

हाल नेपालका गाउँवस्तीका पशुवस्तुमा देखा परिरहेको लम्पी स्किन रोग छालामा लाग्ने रोग हो । यो भाइरलबाट लाग्ने रोग हो । जुन भाइरसको नाम क्याप्रिपोक्स हो ।  जुन पोक्स भाइरस समूह अन्तर्गत पर्छ । जसले गाईवस्तुलाई असर गर्छ । यो रगत चुस्ने कीराहरू, जस्तै झिंगा र लामखुट्टे वा किर्णा र डाँसहरुको कारणले गर्दा हुने प्रकोप हो । यसले ज्वरो आउने, छालामा नोडल आउने र बिस्तारै मृत्यु पनि निम्त्याउन सक्छ । यो रोग धेरै अफ्रिकी देशहरूमा देखिन्छ । सन्  २०१२ मा मध्य पूर्वदेखि दक्षिण-पूर्वी युरोपमा फैलिएको थियो । २४ जुन २०२० मा नेपालको मोरङ जिल्लामा पहिलो पटक देखिएको थियो । यो रोग सबै जिल्लामा फैलिसकेको भएता पनि प्राविधिक पुष्ट्याई ५५ जिल्लामा भइसकेको छ । यसले जर्सी क्रस-ब्रेडले होल्स्टेन-फ्रिजियन र भैंसीमा उच्च संवेदनशीलता देखिएको छ । यो रोग उन्नत जातको अलावा स्थानिय जातहरुमा पनि देखा परेको छ । यसको विकृति र मृत्युदर गाईवस्तुमा ३-७ र भैंसीमा ०% रहेको छ । यसको खोप हाल सम्म नेपालमा उपलब्ध छैन ।दुध उत्पादनमा गिरावट आउने,प्रजनन समस्या देखिने,गर्भिनी पशु तुहिने, घाँटी, पुच्छर व, पेट, थुन  तथा  शरीरका विभिन्न भागहरुमा साना साना गिर्खाहरु देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, कचेरा  वा सिंगान बग्ने, मुखबाट फिंज निकाल्ने अदि लक्षणहरु देखिने गर्छन ।

लम्पी स्किन रोगका लक्षणहरूः

उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट भन्दा माथि) आउने,दानापानी कम खाने र दूध उत्पादन घट्ने गर्दछ ।छा लामा १ देखि ५ सेन्टिमिटरकका साह्रा गोलो गिर्खाहरू (सामान्यतया सुरुमा टाउको र घाँटीमा) देखिने र विस्तारै शरीर भरी फैलिने गर्छ । लामो रौ भएका गाईभैंसीहरुमा गिर्खाहरू सजिलै देख्न सकिदैन । जीउमा छाम्दा वा पानीले भिजेको बेलामा देख्नकिन्छ  । सामान्य सङ्क्रमणमा गिर्खाहरूको सङ्ख्या थोरै भए पनि गम्भीर सङ्क्रमणमा पूरै शरीर ढाक्ने गरी आउन सक्छन । गिर्खाहरू केही समयपछि हराउन सक्छन । कहिलेकाही गिर्खा फुटेर ठूला ठूला घाउ बनेर कीरा तथा झिगाहरूले थप जटिल बनाउन सक्छन ।थतुनो,ओठ, मख र  नाकभित्र घाउ देखिन्छ । आखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउँछ ।र्‍याल काड्छ,  लिम्फ नोडहरू सुनिन्छन। केही सङ्क्रमित गाईभैंसीहरूले कुनै पनि लक्षण नदेखाउन सक्छन ।

रोग सर्ने माध्यमहरु

लामखट्टेको टोकाईबाट,झिंगा र किर्ना जस्ता किराहरूको टोकाइबाट,संक्रमित गाईवस्तुहरूक वस्तुहरुको ओसारपसार गर्दा, चरन क्षेत्र तथा दाना तथा पानी खाने ठाउँ हरूबाट,प्राकृतिक वा कृत्रिम गर्भाधानबाट,पशु उपचार गर्ने क्रममा एउटै सइको प्रयोगबाट,सक्रमित पशहरुक प्रत्यक्ष सम्पर्कबाट रोग सर्नसक्छ ।

उपचार :

दुर्भाग्यवश यो रोग भाइरसबाट लाग्ने भएको हुदा प्रभावकारी उपचार छैन । यसको सबै भन्दा राम्रो उपाय भनेको रोग लाग्न नदिनुनै उत्तम उपाय हो । यसको सट्टा, संक्रमित जनावरहरूले सहायक हेरचाह गर्न सकिन्छ,जसमा लक्षणको आधारमा उपचार गर्न एन्टिबायोटिक, पेनकिलर र घाउ सफा गर्ने स्प्रेहरुको प्रयोग गर्न सकिन्छ । कुनै उपचार नभए पनि रोग फैलिन नदिन वा नियन्त्रण गर्न भ्याक्सिनको प्रयोग गर्न सकिन्छ । दुर्भाग्यवश यस रोगको भ्याक्सिन हाल सम्म नेपालमा उपलब्ध छैन । आसा छ यस रोगको भ्याक्सिन नेपाल छिटै उपलब्ध हुने छ ।

रोकथाम तथा जैविक सुर

क्षाःतपाईं आफ्नो फार्मको सुरक्षा कसरी गर्न सक्हनुन्छ ? आफ्नो फार्मको सुरक्षाका लागि विभिन्न उपायहरु अपनाउने गर्नुहोला । विश्वसनीय स्रोतहरूबाट गाईभैंसी खरिद गर्नुपर्दछ । गाईभैंसी खरिद गरेर ल्याउदा २८ दिनसम्म बथानबाट अलग्गै वा क्वारेन्टाइनमा राख्नुपर्दछ । यो रोगको प्रकोपको समयमा रोग लागेको ठाउँ बाट गाईभैंसी ल्याउन हुदैन। गोठलाई झिंगा,लामखुट्टे तथा अन्य कीराहरूबाट मुक्त राख्नु,सरसफाइमा ध्यान दिनपुर्दछ । आवश्यकता अनुसार उपायुक्त कीटनाशक प्रयोग गर्नुपर्दछ । गोठको वरिपरी पानी जम्ने ठाउँ हनु हुदैन । आफ्नो फार्ममा जैविक सुरक्षा उपायहरू अवलम्बन गर्नुपर्दछ । प्रत्यक वर्ष पशुवस्तुहरुलाई खोप लगाउनुपर्छ ।

यो लेखका लेखक  भूमे गाउँपालिका पशु सेवा  केन्द्र रुकुम पूर्वमा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *