महतमा जि स स प्रमुखले गरे विभिन्न विधाका खेलकुदकाे उद्घाटन
वडा नम्बर ६ महतमा तेस्रो गाउँ स्तरीय भलिबल तथा धनुषवाण प्रतियोगिता २०८०कार्यक्रम उद्घाटन गरिएको छ आज साेमबार एक कार्यक्रम आयोजना गरि महत रंगशालामा कार्यक्रम उद्घाटन गरिएको हो।जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले भूमे गाउँपालिका वडा नं.६ महतकाे विजय दिप युवा क्लवकाे तेस्रो वार्षिकोत्सव उद्घाटन गर्नुभएको हाे।माघे सक्रातीकाे अवसर पारेर बिजय दिप युवा क्लबको प्रर्तियोगिताकाे आयोजना गरेको हो ।भलिबल फुटबल ब्याटमिन्टन लगायत क्लवको वार्षिकोत्सव महतकाे रगशाला खेलमैदानमा आयोजना गरेको छ।
जिसस प्रमुख श्रेष्ठले खेलकुद क्षेत्रबाट खेलाडीले देशलाई चिनाउनुकाे लागि क्लवको वार्षिकोत्सवमा विविध खेलकुद लुकेर रहेका प्रतिभा बाहिर आउने गरेको श्रेष्ठले भन्नु भयाे।
भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले वास्तवमा रंगशाला कस्तो हुन्छ भन्ने बनाउने भलिबल खेललाई अझै शुद्धीकरण गर्दै लैजाने यश क्षेत्रका युवा युवतीलाई भाेलिकाे दिनहरुमा भलिबलबाट नै चिनाउन सकिन्छ जाेस गाजर हर्ष उलासका साथ सफलताको शुभकामना दिनुभएको छ।
अखिल क्रान्तिकारीकाे रुकुम पूर्व जिल्ला संयाेजक चन्द्र रसाइलीले एैतिहासिक ठाउँलाई बृहत् रगंशालाले पुर्नता पाउन सकेकाे छैन।भलिबल प्रर्तियाेगिता हरेक बर्ष यश युवा क्वले सन्चालन हुदै गर्दा हुर्किदै गरेकाे विरुवालाई मलजल थप जागर उषा र हाैसला मिलेकाे उहाकाे भनाइ रहेकाे छ।
विजय दिप युवा क्लवले वार्षिकोत्सवको अवसर पारी महिला ,पुरुष भलिबल, फुटबल , धनुषवाण, नृत्य, लोकदोहोरी, रस्साकसी पुरुष दबल ब्यादमिन्टन ,परुष पाँच हजार मिटर रनिङ र महिला तीन हाजार मिटर प्रतियोगिता आयोजना गरिएकाे आयाेजकले जानकारी दिएको छ ।
विजय दिप युवा क्लवका संयाेजक निस्मत शेर्पालीकाे अध्यक्षतामा भएको तेस्रो गाउँ स्तरीय भलिबल प्रतियोगिता तथा विभिन्न विधाकाे खेलकुद २०८० कार्यक्रममा प्रमुख अतिथिमा जिसस प्रमुख मेघबहादुर श्रेष्ठको रहेकोमा विशेष अतिथिमा भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठ गाउँपालिका उपाध्यक्ष सबिना बुढा भूमे गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिक्रम पुन नि बर्तमान वडा अध्यक्ष देब बहादुर बुढा भूमे गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र यादव भूमे गाउँपालिका याेजना शाखाका प्रमुख प्रेम प्रसाद भट्टराई अखिल क्रान्तिकारीकाे रुकुम पूर्व जिल्ला संयाेजक चन्द्र रसाइली ,जिल्ला बाल सन्जाल अध्यक्ष अमर खत्री लगायत शिक्षक विद्यार्थी उपस्थिति रहेकाे कार्यक्रमकाे सन्चालन चेतन बुढा मगरले गर्नु भएको थियाे।