भूमेमा वडाको प्रशासनिक भवन धमाधम निर्माण हुदै:

 

रुकुम पूर्वको   भूमे गाउँपालिकामा वडा नम्बर  ९ चुन्बाङ बाहेक अन्य ८ वटा वडामा आफनै प्रशासनिक भवन नहुँदा भाडामा वस्दै आएको छ । भूमे गाउँपालिकाको  वडा नं १ लुकुममा  आगामी २ आर्थिक बर्ष भित्रमा बन्ने आफनै प्रशासनिक वडा कार्यलयको भवन निर्माण काम अन्तिम चरणमा पुगेको छ।

भूमे  गाउँपालिकाको  वडा नम्बर  १ को  लुकुममा  मध्ये पहाडी लोग मार्गको ५० मिटर छेउमा  रहेको करिव ३ रोपनी क्षेत्रफलमा रहेको वडा कार्यालय भवन निर्माणकार्य अन्तिम चरणमा रहको छ।

आफ्नै प्रशासनिक वडा कार्यलयको भवन नहुँदा  निकै सास्ती ब्यहोर्नु परेको नागरिकहरुले बताएका छन् । भूमे गाउँपालिकाले कम्रश वडाको प्रशासनिक भवन बनाउने काम जंग्गा खरिद गरेर अगाडि बढाएको छ ।

यस्तै  आगामि  आर्थिक बर्ष ०८० -०८१ मा वडा नम्बर ७ धर्मशालामा वडा कार्यलयको भवन निर्माण कामको जिम्मा रोल्पा नगरपालिका  २ रोल्पाको  शुभम सेवा कमपनिले ०८० /१०/२६ गते वडा कार्यालयको प्रशासनिक भवनको सम्झौता गरेर ० ८२ /१०/२६ भवन निर्माण गरि सक्ने कवल गरेको छ।

छिटै निर्माण कार्य सम्पन्न गरि  सके पछी सोही ठाँउबाट नागरिकको कामलाई सहज र सरलरुपमा सेवा प्रदान गर्न सकिने भूमे गाउँपालिकाको अपेक्षा रहेको छ। वडा कार्यलयको भबन निर्माण गर्नलाई नेपाल सरकार र भूमे गाउँपालिकाको समपुरक बजेट देखि करिब १५सय ३५ जनाले सेवा पाउने भज्वन निर्माण गर्न अनुमानित भ्याट र पिएस सहित  ३ करोड ५४ लाख १२ हजार ९ सय ७४ रुपयाँमा ठेक्का आहावन गरिएको थियो । शुभम सेवा कमपनिले  २ करोड ४९ लाख ७६ हजार  १ सय  ४३ रुपयाँमा उक्त   कमपनिले सम्झौता गरेर  भवनको काम  तिब्र गतिमा  अगाडी सारेको  हो ।

अहिले वडा कार्यालय भवन भाडामा लिएर धर्मशालामा सञ्चालन भइरहेको छ । अहिलेसम्म हामी भाडाको भवनमा बसेर सेवा दिइरहेका छौँ । वडाको प्रशासनिक भवन निमार्ण भए लगत्तै आफ्नै भवनबाट सेवा दिने  वडा अध्यक्ष संगम रोकाले बताउनु भएको छ।

भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले भन्नु भयो ।गाउपालिका भित्र ९ वटा वडाहरु रहेको छ । हामिले अधिकांश वडा भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने खालका भवन निर्माण गरेर  सबै वडालाई समयानुकुल विकास गर्दै लैजाने बताउनु भएको छ । ‘हामीले निर्माण गरेका र गर्ने तयारी गरेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको  हुनेछ’ सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौँ । सकेसम्म  आपफ्नो ५ बर्षको कार्यकालमा नागरिकहरुको गुनासो  नआउने गरी विकास निर्माणलाई  चाहना अनुसार काम गर्ने प्रतिवद्धता गाउँपालिका अध्यक्ष श्रेष्ठले जनाउनु भएको भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *