आर्थिक वर्ष २०८१/८२ सुरुवातको शुभारम्भ भएको छ।गत आर्थिक वर्षका थुप्रै राम्रा पक्ष बीच हामी नयाँ आर्थिक वर्षको यात्रा सुरु गरेका छौँ।हाम्रो गाउँपालिका, हाम्रो प्रदेश र देशलाई सबल,समृद्ध र सफल बनाउने इमान्दार प्रयास गरिरहेका छौँ। साउन महिना देखि विगतमा भएका कमीकमजोरी सच्याउने प्रतिबद्धता गरौँ।हामीले विकास निर्माणका कामको प्रक्रिया आर्थिक वर्षको पहिलो दिनबाटै सुरु गरेर विगतमा जस्तै असारे विकासको आरोपबाट बच्न सफल भएका छौँ।जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी देखि सबैले देश बनाउने संकल्प ग¥यौँ र इमान्दार बन्न सक्यौँ।गाउँपालिकासँग भएको स्रोत साधन र बजेटले धैरै राम्रो काम गर्न सकेका छौँ।
हामीले हाम्रो पालिकालाई स्मार्ट पालिका बनाइ सकेका छौँ।अन्य स्थानीय तहको करोडौँ भन्दा बढी बेरुजु हुँदा हामी एक प्रतिशत भन्दा कम बेरुजुमा रहेको छौँ।व्यक्तिगत स्वार्थ, लोभलालच र अरुलाई जित्नै पर्ने प्रवृत्तिले हामीलाई कहिँ पु¥याउँदैन।रातारात धनी बन्नुपर्ने चिन्ता, लोभ र घमण्डले हामीलाई भ्रष्ट,अनैतिक र असामाजिक बन्दै जान्छौँ र समयक्रममा आफू त सकिन्छौँ नै विस्तारै परिवार, गाउँ, समाज र देशलाई नै खोक्रो बनाइरहेका हुन्छौ।त्यसैले हाम्रो गाउँ ठाउँ, जिल्ला, प्रदेश र देश बनाउन सबैले इमान्दार प्रयास गरौँ।समयको महत्त्व बुझ्ने कोसिस गरौँ।भ्रष्ट आचरण त्यागौँ।यति मात्रै गर्न सक्यौँ भने विस्तारै सिङ्गो देश हामी नयाँ ठाउँमा पुगिसकेको देख्न सक्छौँ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै विगतका कमजोरी नदोहो¥याउँ, राम्रा पक्षहरू भूमेले गरेको धेरै छ।नागरिकको घर आगनमा नै गएर सेवा प्रदान गर्दा अनुहारमा खुसी देखिएको छ।हामी विगतको भन्दा राम्रो काम गरेका छौँ।समृद्ध पालिका बनाउनको लागि रातदिन नभनी खति रहेका छौँ ।।