रुकुमपूर्व।हिमाली जिल्ला रुकुमपूर्वबाट क्षेत्र नं. क देखि निर्बाचित हुनुभएका प्रदेश सभा सदस्य सुरुल पुन मगरले आफ्नो निर्बाचित क्षेत्रमा विकास निर्माण कामको लागि योजना रुकुमपूर्वका नागरिकले भने जस्तो चाहेँ जस्तो विकास गर्न यस आर्थिक वर्ष २०८१/ ०८२ मा लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका पहलमा ८० करोड पारिएको बताउनुभयो।माओवादी केन्द्रका पहलमा पारिएको बजेटलाई जिल्ला अन्य दलका नेताहरुले आफ्नो ईज्त राख्न र भ्रम नर्छन आग्रह गर्नु भएको छ।
आज भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा शुभकामना मन्तव्य दिदैँ भन्नुभयो।रुकुमपूर्व निकै विकट क्षेत्र जिल्लाको तीन वटै स्थानीय तहको गाउँबस्तीहरुमा विकासले अझै पूर्णता पाउन नसकेको बताउनुभयो।माननीय पुन मगरले अहिलेका युवा अगाडि बढ्नु पर्ने बताउनुभएको छ।भईरहेको विकास निर्माणमा सरोकारवाला निकायको भन्दा युवाहरुको ध्यान केन्द्रीत भएमा भोलीको पुस्तालाई पुग्ने भौतिक संरचना निर्माण गर्न सकिने अपेक्षा ब्यक्त गर्नु भएको छ।
जिल्लामा अहिले निर्माण हुदैँ गरेका करोडौँको आयोजनाहरुको काम अपलत्र अवस्थामा रहेको बताउनुभयो।नेपाल सकारको बजेटलाई दुरुपयोग गरि निर्माणकार्य अलपत्र अवस्थामा छोड्ने निर्माण कम्पनीलाई कार्वाहीको डायरामा ल्याउने प्रतिबत्धता जनाउनु भएको छ।