जस्ताको टहरामा सिहंदरवार रहेको भूमे

जस्ताको टहरामा सिहंदरवार रहेको भूमे:

नेपालको संबिधान अनुसार लुम्बिनी प्रदेशको जिल्लाहरु मध्ये रुकुम पूर्व प्राकृतिक र सास्कृतिक रुपमा निकै सुन्दर जिल्ला हो।देश संघीयताको संरचनामा गईसके पश्चात सिगों रुकुम दुई जिल्ला हुन पुग्यो रकुम पूर्व र रुकुम पशिच्म गरेर सिगों रुकुम र अहिलेको रुकुम पूर्वको विकासले निकै फड्को मारेको छ।२०७३ सालमा बनेको रुकुम पूर्वको तीन स्थानिय मध्ये भूमे गाउँपालिका आफ्नै पहिचान बोकेको पालिका हो।

भूमे गाउँपालिका साविकको मोराबाङ्ग ,काक्रीँ,महत ,चुन्वाङ्ग ,काडाँ र साविकको रुकुमकोट गाविसको वडा नम्बर ४ को वडालाई समेट समावेश गरेर निर्माण भएको गाउँपालिकामा हाल नौ वटा वडाहरु रहेको छ।
भूमे गाउँपालिकाको केन्द्र खाबाङ् बगरको भूगोलले दुई जिल्लाको सिमाना बागलुङ्ग र रोल्पा जिल्ला संग जोडिएको छ।गाउँपालिकाको कुल क्षेत्रफल २सय ७१ किमि रहेको छ।भूमे गाउँपालिका प्रर्यटकिय गनत्ब्यले पनि प्रचुर समभावना बोकेको छ।अन्य स्थानीय तहहरु मध्ये भूमे गाउँपालिका जिल्ला पहिलो पालिकाको रुपमा परिचित रहेको छ।विगतमा द्धोन्द्धको समयमा निकै मारमा रहेको यो क्षेत्र जनप्रर्तीनीधीहरुको आगमन संगै सफा र स्वच्छ समृद्ध हरियाली भूमे बनिरहेको छ।हाल विकास निर्माणको क्षेत्रहरुमा उल्लखीय उपलब्धीहरु भएको छ।विगत स्थानिय तहको निर्बाचन २०७४ पश्चात शान्त वातावरण र चौतर्फी विकास निर्माण र गाउँपालिका भित्रका वृद्ध वृद्धा, बालबालिका,अपाङ्गहरु र साहाराविन लागि समेट घाउँमा मलम पट्टी लगाउँदै उल्खीय काम गर्दा यहाँका नागरिकहरु निकै खुसी रहेका छन्।

 

गाउँपालिको केन्द्र खाबाङ् बगरदेखी नौ वटै वडाहरुमा सडक सन्जाल जोडिएको छ।भने वडाहरुबाट गाउँ र बस्तीसम्म आवश्यक्ता अनुसार र माग बोमोजिमको सडक सन्जाल पुर्याउँदा स्थानीय वासीहरुले खुसी महसुस गरेका छन्।जनताले पहिले सिगों रुकुम जिल्ला हुदाँ खलगांको मुसीकोट बजारसम्म जानु पर्ने बाध्याता रहेको थियो।सामान्य कामको लागि पनि दुई तीन हिदेर जादाँ समय धेरै लाग्थो।अहिले गाउँमै वडा र गाउँपालिका हुदाँ निकै सहजहुने गरेको ७२ बर्षिया बुद्रीलाल रोका बताउनुहुन्छ।उहाँले भन्नु भयो पहिले छोरीलाई पढाउँन गाउँमा विद्यालय थिएन ! नून ल्याउनको लागि नेपालगंन्जबाट महिनौ लगाएर जानू पर्दथो भने अहिले घर आगनमै सडक आएको छ।सडक पुगेपछि हामिलाई निकै सहज भएको छ।पहिले नेपालगंन्जमा देखिने सवारी साधान अहिले गाउँमा पुग्दा सुख भएको रोका विगतको दिन स्मरण गर्दै सुनाउनुहुन्छ।

 

गाउँपालिकाले आम नागरिकको स्वास्थ सेवा उपल्बधको लागि गाउँ गाउँमा खोप किलिनिक्क र स्वास्थ चौकीको स्तोरउन्ती देखि आधारभूत स्वास्थ केन्द्रको समेट स्थापना गरेर सेवा अगाडी बढाएको छ।गाउँपालिले शिक्षाको क्षेत्रमा शिक्षालाई सुधार गर्न विभिन्न विद्यालयहरुको भौतिक संरचनाहरुलाई सुधार गरि नमुना विद्यालय बताउन तर्फ लागि परिहरेको छ।गाउँपालिकाले वडाबाटै राम्रो सेवा प्रभाह गर्न वडा कार्यालय भवनहरु तिब्र गतिमा निर्माण गरि रहेको छ।

विकास निर्माणको हरेक गतिविधिलाई दिर्घकालिन र विभिन्न रोजगारीको शिर्षकहरुमा वेरोजगारी युवाहरुलाई रोजगारी शिर्जना गरि रहेको छ।यस्ले गर्दा गाउँमा विकास संगै युवाले रोजगारी प्राप्त गरेका छन्।

मध्य पहाडी लोगमार्गको छेउमा रहेको भूमे गाउँपालिकाले आफ्नै मौलिक खाल्को भवन बनाएर सेवा प्रभाहलाई छिटो छरिटो र प्रभावकारी बनाउँदा स्थानीले सहज सेवा पाईरहेका छन्।यस ठाउँको महत्व गरिमालाई बढाएर लैजान भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताउनुहुन्छ। भईरहेको काम संगै अझ नयाँ गति लिएर सर्वाङ्गिक विकास गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *