भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने

भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने


यही मंसिर १६ गते शनिबारका दिन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजना र भूमे गाउँपालिकाको आर्थिक सहयोगमा दोस्रो साहित्यिक महफिल २०८० हुन लागेको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका उपाध्यक्ष जमुना गौतम `जानू´ले जानकारी दिएकि छन ।

जिल्लाकाे भुमे गाउँपालिकामा नेपाली भाषा, साहित्य उत्थान, विकास, संरक्षणका लागि दोस्रो साहित्यिक महफिल २०८० हुनेभएको हाे ।

आयाेजकका अनुसार महफिलमा जिल्ला स्तरिय कविता प्रतियोगिता हुने जानकारी गराइएको छ। इच्छुक कविता लेख्ने व्यक्तिहरुलाई आज मंसिर १३ गते भित्र लिखित कविता आयाेजककाे सम्पर्कमा पठाउन हुन पनि आग्रह गरिएको छ । पठाइएको उत्कृष्ट लिखित १० कविताहरुलाई महफिलकै दिन वाचनमा राखी अन्तिम नतिजा सार्वजनिक गरि प्रथम,दाेस्राे,तेस्रो र सान्त्वना हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र दिइने राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष कमानसिंह बिष्टले बताउनुभएको छ ।

यसपटकको महफिलमा कविता वाचनमा रामेछापबाट विक्रमपवन परियार, कास्कीबाट अमृत, म्याग्दीबाट बादल शाही र रुकुम पूर्वबाट कर्मसही घर्ती मगर आउनुहुने भएको छ भने गजल वाचनमा दैलेखबाट महेन्द्र चन्द महासागर, काेहाेलपुर बाँकेबाट देवकी निरौला र मुक्तक वाचनमा रुकुम पश्चिमबाट दिनेश आदिप, रुकुम पूर्वबाट विना गौतम आउने आयाेजकले बताएको छ ।

महफिलमा `सृजना संगम´ नामक मुखपत्र विमाेचन गरिनुका साथै स्थानीय साँस्कृतिक झाकी पनि प्रस्तुत गरिने राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका सचिव शिव शाहीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *