किशोर किशोरीहरुलाई लागू प्रर्दाथ    दुर्व्येसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न 

 किशोर किशोरीहरुलाई लाग प्रर्दाथ    दुर्व्यसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न 

किशोर किशोरीहरुलाई लागूपदार्थ दुर्व्येसनी रोकथाम, नियन्त्रण , परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ ।पछिल्लो समय किशोर किशोरीहरु कुलतमा लाग्ने अवस्थाले समाज भयावह समस्यामा फस्न सक्नेहुदा भूमे गाउँपालिकाको आयोजनामा लागू प्रर्दाथ दुर्व्येसनी रोकथाम, नियन्त्रण सम्बन्धी १ दिने  सम्पन भएको छ।  भूमे गाउँपालिकाको ९ वटै वडा भित्र रहेको सबै विद्यालयका विद्यार्थीहरु ,बाल कल्बका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम सन्चालन गरिएको थियो स्कुले विद्यार्थीदेखि पाको उमेरका मानिससम्म लागुपदार्थका अम्मली हुन्छन। साथीहरुको सिको, लहैलहै वा दबाबबाट कलिला बालबालिका र किशोरकिशोरी यसको लतमा पर्छन्। अहिलेको जटिल र प्रतिस्पर्धात्मक जमानामा चिन्ता वा तनाव कम गर्ने भ्रममा परी कति मानिसहरु लागूपदार्थको दुर्व्येसनीमा फस्न पुग्छन्। पारिवारिक कलह, सामाजिक एकतामा कमी, प्रेममा धोका, उच्च महत्वकांक्षामा असफलता, कमजोर आत्मनियन्त्रण, मन्द प्रगति वा दुर्गति, आत्मविश्वासमा कमी, दूरदर्शिताको अभाव, अनुशासनहीनता, भविष्यप्रति संवेदनहीन, प्रभावकारी कानुनको अभाव, चेतनाको अभावआदि जस्ता पक्ष मानिसलाई लागुपदार्थको दुर्व्यसनमा फसाउने मूल कारक रहेको प्रशिक्षक रुकुम पूर्व जिल्ला अस्पतालको डा. रोशन तिमल्सिनाले   बताउनु भएको छ।

कार्यक्रममा बोल्दै भूमे गाउँपालीका उपाध्क्षय सविना बुढाले  पछिल्लो समय सामाजिक सन्जालको गलत प्रयोग, अभिभावक र सन्तान बिच पारिवारिक स्नेह घट्दै जानु, सामाजिक भावना हराउदै जानु, पारिवारिक तनाब बढ्नुले लागु औषध दुर्व्यशनमा फस्ने किशोर किशोरीको संख्या धेरै छ।  सामाजिक जागरण मार्फत नियन्त्रण र नियमन गर्न तर्फ सबै सचेत हुनुपर्ने बताउनु भएको छ।

 

 

त्यस्तै  प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले गाउँपालीका भित्र भैरहेका लागु पदार्थ दुर्व्यसन रोकथामकालागि सबै सचेत रहेर सचेतना फैलाउने कार्य गर्नु प्रदछ।घर परिवार बाट लागु औषद प्रयोग रोक्न चनाखो भइ भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको छ। परिवार र समाज अग्रसर भएमा मात्र समस्या रोकथाम प्रभावकारी हुन सक्ने प्रजिअ  शर्माले बताउनुभयो  ।

 

रुकुम पूर्व जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिएस पि अन्जना श्रेष्ठले दुर्व्यसनी नियन्त्रण गर्न नागरिक र प्रहरीले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउदै त्यस्ता  सूचना प्रहरीलाई दिएर सहयोग गर्न अपिल गर्नुभयो । कार्यक्रममा प्रशिक्षक  रुकुम पूर्व जिल्ला अस्पतालको डा रोचक गौतम र डा रोशन तिमल्सिनाले   प्रशिक्षण दिनुभएको थियो । सविना बुढाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनत्बय निमित प्रमुख प्रशाशकिय अधिकृत  उपेन्द्र यादव रहेको थियो भने कार्यक्रम संचालन प्रशासन इकाई प्रमुख चेतन बुढा मगर  गर्नु भएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *