रुकुम पूर्वमा म्याद गुज्रिएको भुजा बरामद गरि नष्ट गरिएको छ।
जिल्लाकाे भुमे गाउँपालिकाकाे खाबाङ बगरमा ठुलो मात्रामा भुजा बरामद गरि नष्ट गरिएको हाे । जन स्तरबाट पटकपटक जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वमा खाबाङ बगरबजारमा ठुलो मात्रामा म्याद गुज्रिएको भुजा भएको गुनासो आएपछि बजार अनुगमन गर्दा ३५ बाेरा ३३ हजार ६ सय ८० रुपैयाँकाे भुजा म्याद गुज्रिएको भेटिएको घरेलुु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका उद्योग अधिकृत मधुकर डाँगीले बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व र घरेलुु तथा साना उद्योग कार्यालय रुकुम पूर्वकाे समन्वयमा छड्के बजार अनुगमन गरेको थियो । त्यस्तै उद्योग वाणिज्य संघ रुकुम पूर्व र जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट पनि प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।