लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु



लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

 

९ मंसिर २०८०, शनिबार

जिल्लाकाे भूमे गाउँपालीकामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता , महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता “भन्ने मुल नाराकाे साथ आज शनिबार रयाली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरिएको हो ।लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भूमे गाउँपालिकाे कार्यालय खाबाङ बगरकाे आयोजनामा सो अभियान सुरु भएको हो  । उक्त अभियानलाई दर्जनौं संघसस्थाले साथ दिएका थिए ।

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको उदघाटन कार्यक्रममा भूमे गाउँपालिका उपाध्यक्ष सविना वुढाले महिला हिंसाविरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताउनु  बताउनुभएको छ ।महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसालगायतका घटना सहेर नबस्न समेत उहाले आग्रह गर्नुभएको छ ।गाउँकार्यपालिकाकाे कार्यतालिका अनुसार भूमे ९वटै वडाहरुमा १६ दिन नै विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने छ।

उक्त कार्यक्रममा भूमे गाउँ पालिका का उपाध्यक्ष सविना बुढा को अध्यक्षता मा सुरु भएको हाे ।प्रमुख अतिथि भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा , भूमे गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत देविलाल विककाे अतिथियता रहकाे थियाे। जिल्ला प्रहरी नायब निरीक्षक (डिएस पि ) अन्जना श्रेष्ठ , जिल्ला समन्वय अधिकारी रबिन्द्र बुढाथोकी विभिन्न संघसस्था आमा समूह लगायतको उपस्थितिमा कार्यक्रम सभ्य र भब्य भएको भियाे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *