आफ्नो ग्रह दशा कस्तो छ भनी धुनुषले गाउँ देखि बनतिर फर्काएर तारा हान्ने चलन माघे संक्रान्तिका अवसरमा भूमे गाउँपालिकाकाे विभिन्न ठाउँहरुमा धनुषबाण हान्न प्रतिष्पर्धा छ ।धनुषको सहयोगले बाण चलाउने कला धेरै प्राचीन छ।जसको चलन आजपनि खेलको माध्यमले हूँदै आएको छ।आहार र आत्मरक्षाको लागि संसारको सबै भागहरूमा अन्य हथियारहरूको अपेक्षा धनुष-बाणको प्रयोग सबैभन्दा बढी र व्यापक रूपमा भएको झुम्लाबाङका भिम श्रेष्ठले बताउनुहुन्छ ।
माघिमा गाउँमा युवा जम्मा भएर रमाइलो संगै आफ्नो ग्रह दशा कस्तो छ भनी पहिले बन्दुकले तारा हानिन्थयाे अहिलेकाे बर्तमान अबस्थामा माघिमा धुनुषवाण हान्ने चलन छ।धुनुषले गाउँ देखि बनतिर फर्काएर तारा हानिन्छ ।जस्ले सहि निसना लगाउछ उसैकाे ग्रह दशा राम्राे हुने विश्वास रहेकाे श्रेष्ठ बताउँछन् ।
यस्तै वडा नम्बर ७ मा रहेको धर्मशालामा साँकृतीक समूहको आयोजनामा माघे संक्रान्तिको अबसरमा आयोजित धनुषबान प्रतियोगिता सम्म्पन भएको छ ।धनुषबान प्रतियोगितामा वडा नम्बर ७ काे जैमान रोकाले प्रथम स्थान हात पारेका छन। दोस्रो स्थान राेल्पा जिल्ला काे थबाङ गाउँपालिका २ नम्बर कोईचावाङका सौरब रोकाले हात पारेका हुन ।त्यस्तै धर्मशालाका रामसुर रोका तेस्रो र ७ कै लक्षिन बुढाले सान्त्वना स्थान हात पार्नुभएको हाे ।
धर्मशाला साँस्कृतिक समुहका अध्यक्ष लोक बहादुर रोकाको अध्यक्षतामा सम्पन्न आयोजित कार्यक्रमका प्रमुख अतिथि भुमे गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष संगम रोकाको रहेको थियो भने बिशेष अतिथिमा जेष्ठ नागरिक कविराज रोका रहनुभएको कार्यक्रमको सञ्चालन धर्मशाला टोल साँस्कृतिक समुहका सचिव प्रकाश् रोकाले गर्नुभएको त्यहा बाट धर्मशाला टोल साँस्कृतिक समुहका सदस्य कामी रोकाले जानकारी दिनुभएको छ ।