खानेपानीको चरम अभाव भोगिरहेको मोराबाङ्ग :
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं.-३, मोराबाङ्गले खानेपानीको चरम समस्या भोगिरहेको छ।यस जिल्ला निकै विकटता र भौगोलिक हिसाबले निकै ठगिएको जिल्ला हो।यतिखेर भूमे गाउँपालिको वडा नम्बर ३ मोराबाङ्गमा खानेपानीको हाहाकार भएको छ।मोराबाङ्गमा खानेपानीको लागि स- साना मूलबाट खानेपानि ल्याएर समस्या तार्दै आए पनि पानीको मुहान सुक्दै जाने र पानीको मुल नहुदाँ मोराबाङ्गमा पानीको हाहाकार भएको स्थानीयहरु बताउछन्।
घर आगनमै आएको स्थानीय सरकारले जनताको मर्म र पिडा बुझि रहेको छ।शिक्षा, स्वास्थ, सडक खानेपानी विभिन्न विकास निर्माणको काममा लागि परेको छ।तर मोराबाङ्ग गाउँमा खानेपानीको लागि वडा र गाउँपालिकाले निकै प्रयास गर्दा पनि खानेपानीको राम्रो मूल नभेतिदा खानेपानी अहिले सम्म पानीको स्रोतको खोजिमा भौतारिनु परेको मोराबाङ्ग का स्थानीय बुद्घिजिवी प्रेम सेन्चुउरी लगायत स्थानीय नागरिकहरुले बताउनु हुन्छ।
हाल खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुम पूर्वबाट एक घर एक धाराको काम भईरहेको भएता पनि मुख्य समस्या पानीको स्रोत (मुहान) को चर्को अभाव भएकोले पानीको स्रोतको लागि सम्भावित क्षेत्रहरुमा मुहान ताथा स्रोतको खोजि भईरहेको वडा अध्यक्ष प्रशुराम बुढा मगरले बताउनु भएको छ।
मोराबाङ्गमा खानेपानीको जोहो गर्न दैनिक लाईन बसेर पानी भर्ने बाध्यता रहेको हुदाँ खानेपानी अभाव भएपछि सर्वसाधारणलाई आफ्नो दिन चार्य बिताउन कठिन भएको हो।दैनिक जनजीवन नै प्रभावित हुने गरी यहाँ खानेपानीको अभाव रहेको हुदाँ खानेपानी नागरिकको मौलिक हक अधिकार भएकोले मोराबाङ्गवासीको खानेपानि समस्यालाई सुरक्षित खानेपानीको दिगो ब्यबस्थापन गर्नको लागि उपाय खोज्न एका विहानै खानेपानीको मुहान अध्ययन गर्न भूमे गाउँपालिकाका अध्क्षय होम प्रकाश श्रेष्ठ लगायत वडा अध्यक्ष प्रशुराम बुढा मगर, वडा सदस्य नर बहादुर सुनार, युवा तथा समाजसेवी चन्द्र रसाईली, मोराबाङ्गका स्थानीय बुद्घिजिवी प्रेम सेन्चुरी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुम पूर्वका प्राविधिक पङंच झाँ, खानेपनी उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश कवँर लगायतको टोली पानीको सम्भावित क्षेत्रमा पुगेको हो।
गाउँपालिका अध्क्षय श्रेष्ठले पानीको मुहानको अध्ययन पश्चात मोराबाङ्गमा भएको खानेपानीको विद्यमान समस्या हल नभएमा मोराबाङ्ग बस्तीको अस्तित्व नै संकटमा पर्ने र वस्ती नै स्थानान्तरण हुने पिडादायी बाध्यता रहेको अध्यक्ष श्रेष्ठले तुरुन्तै कार्य योजना बनाउने बताउनु भएको छ।