बालाराम शेर्पाली ( रिम्ना जाजरकोट)
(रिम्ना जाजरकोट मंसिर ०९ )गत कात्तिक १७ गते राती गएको बिनासकारी भूकम्पका कारण विस्थापित भएका पिडितको अस्थायी टहरा निर्माणमा सहयोग गर्नका लागि अनेरास्ववियु क्रन्तिकारि कर्णाली प्रदेशकाे भेरि जाजरकोटाे भेरि नगरपालिकामा भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा सहयोग पुर्याउन रुकुम पूर्वकाे जिल्ला संयाेजक चन्द्र रसाइलीकाे नेतृत्वमा रुकुमपश्चिम जाजरकोट लगायत प्रभावित क्षेत्रमा आज पुगेकाे छ ।

जिल्ला संयाेजक रसाइलीकाे नेतृत्वमा रहेको टोलीले पुनर्निमाणका लागि घरहरु बनाउनलाई जनशक्ति आवश्यकता भएकोले भुकम्प प्रभावित क्षेत्र भएकाले थप जनशक्ति खट्ने उहाकाे भनाइ रहेकाे छ। भत्केका घरहरुलाई तत्काल पन्छाएर चिसाेबाट बच्नलाई बस्नलाई आवास बनाउनलाई अनेरास्ववियु क्रन्तिकारिकाे टाेलि पुगेको हाे। उक्त टाेलि एकहप्ता पछि भूकम्प प्रभावित क्षेत्रबाट फर्किने छ।