जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ  : संयोजक रसाईलीको भनाई 

जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ  : संयोजक रसाईलीको भनाई

 

 

हिजो मंगलबार भएको नेपाल लदित मुक्तिमोर्चा भूमे गाउँपालिकाको दोर्स्रो गाउँ सम्मेलनमा शुभकामना मन्त्बय दिदै अखिल क्रान्तिकारी रुकुम पूर्वको जिल्ला संयोजक चन्द्र रसाईले जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणमा सहभागी हुन् नपाएको बताउनुहुन्छ।राजनीतिक दल, नागरिक समाज र विभिन्न सङ्घसंस्थाले दलित र पछाडि पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठूला आन्दोलन गरे पनि अहिलेसम्म जातीय विभेद उन्मुलनका लागि अभियानहरू प्रभावकारी हुन नसकेको अवस्था छ।यो हाम्रो समुदायमा दलित चिकित्सकहरुले दिएको ‌औषधी संमेत चल्दैन  यो कस्तो अबस्था हो?

रसाईलीले पार्टीका अग्रज ब्यक्तिहरुलाई प्रश्न गर्दै भने अब दलितहरु पार्टीको भ्र्याङ मात्र हुदैन्न।पार्टीले के गर्नु पर्छ सोच्नु प्रर्दछ । जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेललाई स्मरण गर्दै देशकाे विभिन्न कालखण्डमा गरिने संघर्षमा दलितहरुकाे पनि याेग्दान रहेकाे कारण अहिले ब्यस्थालाई संरक्षण गर्न सम्पूर्ण दलित समुदाय एक हुनु पर्ने र सत्य र सबल पक्षकाे लागि राजनीतिक विचारबाट टाढा रहि आम दलितहरुकाे एटै आवाज हुनु प्रर्ने बताउदै जहाँ पिछडिएको समाज र परिस्थिति छ, जहाँ हरेक हिसाबले असमावेशी समाज छ त्यहाँको समाजलाई शसक्तिकरणका माध्यमबाट अगाडि बढाउन भूमिका खेल्न जरुरी रहेको छ? समाज परिबर्तनहुनको लागि नेपालको संविधानले जारी गरेको नियम लागु गर्नु प्रर्दछ।दलितको हक अधिकार र पहुच खै हरेक बर्ष दलितका लागि छुटेको बजेतहरुको कता तिर छ?

अहिलेको २१ सौ सताब्दीमा आइपुग्दा राजीतिक दलका भातृ सङ्घ, सङ्गठनले जातीय छुवाछूत र भेदभाव अन्त्यका लागि आन्दोलन अगाडि बढाउनुका साथै भेदभावरहित, समतामूलक, न्यायपूर्ण समाज निर्माणका जुट्न आबश्यक रहेको बताउनु भएको छ।

जातीय भेदभाव र छुवाछूत कायम रहनु दलितहरुको समस्या होइन, यो राज्यको समस्या हो ।यसको निराकरणले सरकारले नै विशेष पहल गर्नु आवश्यक छ।आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडि पारिएको दलित समुदायले सांस्कृतिक रुपमा जरा गाडेर बसेको छुवाछूतको शिकार बन्नुपरेको छ।छुवाछूत मात्रै नभएर दलित समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक लगायत समग्र समस्यालाई एकमुष्ट समाधान गर्नुपर्ने संयोजक रसाईलीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *