चिसो सुरु भएसँगै वडा नम्बर ५ मा१ सय २०  जेष्ठ नागरिकलाई सिरक वितरण

चिसो सुरु भएसँगै वडा नम्बर ५ मा१ सय २०  जेष्ठ नागरिकलाई सिरक वितरण

चिसो सुरु भएसँगै वडा नम्बर ५ मा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई फाइबर वितरण गरिएको छ ।जाडो समयमा बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने भन्दै वडाले  जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत फाईबर सरिक वितरण गरिएको हो ।

वडा कार्यालयले  आर्थिक वर्ष २०८०/८१ को २ लाख ९० हजार बजेटबाट चिसो समयलाई बुझ्दै  वडा भित्रका  जना १ सय २०  जेष्ठ नागरिकलाई सिरक प्रदान गरेको हो। वडा कार्यालयले  एक जना जेष्ठ नागरिकलाई  २हजार २ सय बराबरको फाइबर चिसो मौसममा न्यानो सिरक वितरण गरेपछि जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन्।

आज विहिवार  एक कार्यक्रमको आयोजना गरि वडाले अपांग तथा जेष्ठनागरिकहरुलाई सम्मान स्वरुप  वितरण कार्यक्रम ५ नम्बरका वडा अध्यक्ष टेक प्रसाद बुढाको अध्यक्षतामा   गरेको हो । उक्त वितरण कार्यक्रममा वडाका वडा सदस्यहरु,  कर्मचारी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन वडा सचिव भिम प्रसाद नेपालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *