चुन्वाङमा खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण
भूमे गाउँ पालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ।किसानलाई सहुलियत रुपमा गाउँपालिका कृषि शाखा केन्द्रले ५० प्रर्तिशत अनुदानमार्फत मिनी टिलर हलो भूमे गाउँपालिका वडा नं.९ चुन्वाङमा १२ जना किसानलाई मिनी टिलर हलो भूमे गाउँ पालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले हस्तान्तरण गर्नुभएको हाे।

मेशिनरी औजार मिनी टिलर हलोले गोरुलाई जस्तो वर्षभरि पालेर राख्नु नपर्ने हुँदा मिनी टिलर हलो वितरण गरिएको भूमे गाउँपालिका कृषि शाखा केन्द्रका ना.प्रा स विशाल पुन मगरले जानकारी दिनु भएकाे छ।
भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले कृर्षकलाई सफलताकाे शुभकामना दिदै परम्परागत प्रविधिबाट छरिएर गरिने कृषि पेशालाई व्यवसाय गर्न कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न कृषिमा आधुनिकीकरण हुने श्रेष्ठकाे भईरहेकाे छ।

मिनी टिलर पाएपछि खेती किसान गर्न सजिलो हुने रअब हलो जुवा बोकेर गोरु धपाउँदै हिड्नु नपर्ने बाध्यता अन्त्य भएको खुसि हुँदै खेत जोत्ने मेसिन भएपछि गोरुले भन्दा छिटो र सजिलो हुने किसान धन प्रसाद बुढाले बताएका छन।
उक्त मिनी टिलर हलो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठ ,वडा नं.९ वडा अध्यक्ष विनाेद वुढा, वडा सदस्य मनकुमारी कामि ,कृषि शाखा केन्द्रका ना.प्रा स विशाल पुन,माेहन कुमार डागि,वडाका सचिब विशाल राेका मगर लगायएत किसानहरुकाे उपस्थित रहेकाे थियाे।
