भूमेमा २र ३ वडाले गर्याे निशुल्क बिरुवा वितरण

भूमेमा २र ३ वडाले गर्याे निशुल्क बिरुवा वितरण

किसानलाई फलफूल खेतीमा व्यवसायिक बनाउन वडाकाे २ र ३ स्थाहरुमा दुई वडाकाे बजेत जे .भि एफ भिलेज फाउन्डेसनकाे प्राविधिक सहयाेग बिरुवा धुवानी खर्चमा भूमे  गाउँपालिकाकाे २ वडाका   किसानहरुलाई विभिन्न जातका हिउँदे फलफूलको बिरुवा वितरण गरेको छ ।वडाहरुले   व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउनकाे लागि फलफूलका बिरुवा वितरण गरेको हाे  ।

घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण गरेकाे वडा ३ वडा अध्यक्ष प्रशुराम बुढाले बताउनु भएकाे छ।किसानहरुलाई हलुवाबेद  ,केवि ,नास्पति कागजि वदाम ,आरु ,  लगायत विरुवा वितरण गरिएको छ ।

किसानले परम्परागत खेती गर्ने गरेका छन् । किसानलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने वडाकाे योजना  रहेको बुढाकाे  भनाइ छ । वडा नं. ३ रहेकाे ४वटाेलमा बिरुवा  यस वर्ष किसानलाई   फलफूलका बिरुवा वितरण गर्नकाे लागि वडाबाट २लाख बजेत रहेकाे जानकारी दिनु भयाे । 

फलफूल खेती विस्तारलाई प्राथमिकता दिएकाे छाै २ नम्बर वडा अध्यक्ष नारायण पुन भन्नू हुन्छ  हामिले यस बर्ष गाबाङ आरु डाडा र सैपातुङलाई प्रथामिक्तामा राखेर  १लाख बजेत फुलफुलकाे लागि छुट्टयाइएको र खाबाङ काक्री जङ धारा र चिप्ले गहिरा ताेलकाे लागि भने आगामि बर्षमा बजेत विनियोजन गर्ने अध्यक्ष  पुनेले बताउनु भयाे।  किसानको मागअनुसार बेर्ना  निशुल्क वितरण गरेर   उत्पादन बढाउनका लागि किसानलाई फलफूलमा आत्मनिर्भर बनाउने योजना बनाएको छ ।किसानले मेहेनत गरेमा कृषि खेतिबाट आत्मनिर्भर बन्न सकिने पुनकाे भनाइ रहेकाे छ।

किसानलाई विरुवा वितरण गर्दा विरुवा रोप्न तयारी अवस्थामा खाल्डो खनेको हुनुपर्ने  मापदण्ड तय गरिएको थियो। परम्परागत खेतीसँगै किसानलाई फलफूलतर्फ आकर्षित गर्ने योजनाका साथ विरुवा वितरण गरिएको हो। यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर गर्ने वडाले जनाएको छ। यता विरुवा पाएपछि किसानहरु खुसि भएका छन। कृषिलाई अझै उचाइमा पुर्‍याउन धेरै लगानी आवश्यक रहेको किसानहरुले  बताएका छन। 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *