
रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ। फलाम खानी उत्खनन गर्न प्रक्रिया अघि बढाएको हो। सम्भाव्यता अध्ययनपश्चात झुम्लाबाङमा फलाम खानी सञ्चालनमा ल्याउने तयारीमा छ।झुम्लाबाङमा सम्भाव्यता अध्ययन गर्न एक वर्षजति लाग्न सक्छ विभागको निर्देशक सुजन देवताले भने, ‘अध्ययनपश्चात उत्खनन सुरु हुन्छ।’ हामिले विज्ञ राखेर सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अघि बढाएको छौ।भूमे गाउँपालीका स्रोत साधनको खानि भएको क्षेत्र हो । ऐतिहासिक ठाउँलाई तामा खानिले कुनै समय रुकुम पूर्वमा नै गुणस्तरीय तामा खानी थियो। झुम्लाबाङको विभिन्न क्षेत्रमा खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले यस क्षेत्रमा फलामको विशाल भण्डार रहेको पत्ता लगाएको हो।
ऐतिहासिक ठाउँलाई पहाडमा रहेका राता चट्टान र फलामका धाउ बारे बताए पछि यहां फलाम खानीको अध्ययन थालिएको हो ।खानी तथा भूगर्भ विभागले गरेको विस्तृत अध्ययनले झुम्लाबाङको चाल्नेटा रिप घहिरा सिधथान तिम्रबाङ रातो पानि घेम्ना काफल ढुग्गा सम्मको क्षेत्रमा फलाम रहेको देखाएको छ।झुम्लाबाङको विभिन्न स्थानमा फलामको धाउ र यससंगै जोडिएर रहेको विशाल चट्टानमा धेरै मात्रामा प्रस्त फलाम रहेको यसको अध्ययनले पुष्टी गरेको हो ।परनिर्भरताले देश पछाडी धकेलिदै जादा आफ्नै स्रोत साधनलाई खोजी गरी आत्मनिर्भर हुन समयले पाठ सिकाएसंगै सरकारले लामो समय चाईनामा भएको फलामे तत्वको प्रारम्भिक अध्ययन र परीक्षण पछि खानि विभाग तोलिले पूर्वी रुकुमको झम्लाबाङमा ठूलो परिमाणमा गुणस्तरीय फलाम छ भन्ने कुरा निश्चित गरेको छ ।
फलामको ब्यवसायिक उत्खनका लागि सरकारले यहां ठूलै रकमको बजेट विनियोजन गर्न पनि आवश्यक रहेको समाज सेवी राम बाहादुर बुढाले बताएका छन। सरकारले हालै आफ्नो निती तथा कार्यक्रममा आगामि वर्ष आवश्यक पूर्वाधार निर्माण तथा मेसिनरी जडान गरी हाम्रो जस्तो विगत क्षेत्रमा फलाम खानिबाट उत्पादन गर्न ध्यान केन्द्रति हुनुप्रछ बुढाले भने ।
नेपालकै ठुलो स्थानमा रहेको झुमलाबाङमा फलाम खानी
अहिलेसम्म देशको ठुलो स्थानमा फलाम खानीको संकेत देखिएको छ ।ती खानीमा कति परिमाण र कुन गुणस्तरको फलाम छ भन्ने अध्ययन र परीक्षण भने भईरहेको छ। मध्य हिमाली क्षेत्रमा प्रारम्भिक भू–रासायनिक अध्ययनले फलाम र अन्य धातुका दर्जनौं खानीको सम्भावना देखाए पनि तिनको विस्तृत अध्ययन हुनसकेको छैन ।फलामलाई विकास र औद्योगिक विस्तारको आधार मानिन्छ । पूर्वाधार निर्माण र औद्योगिकदेखि घरायसी सरसामानसम्म बनाउन यसको प्रयोग हुन्छ । कमसल धाउ (पगालेको कच्चा फलाम) सिमेन्ट उत्पादन तथा भाँडाकुँडा बनाउन किटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधित फलामबाट स्पात, स्टिल, छड इत्यादि बनाइन्छ ।नेपालमा फलाम खानीको परम्परागत उपयोग सयौं वर्षदेखि भए पनि व्यवस्थित उत्खनन हुनसकेको छैन ।फलाम तिब्बत निर्यात हुने गरेको इतिहास छ निर्देशक देवताले भन्नुभयाे।