बाढी पहिरोबाट सतर्क रहौँ ःसम्पादकीय

 

देश भरी मनसुन सक्रिय कायममै छ । देशका विभिन्न स्थानमा बाढी पहिरो जाने हुँदा भौतिक तथा मानवीय क्षति भइरहेको छ । विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । भने हाम्रो जस्तो पहाडी क्षेत्रमा पहिरो उच्च जोखिम रहेको छ । ठूला पहिरोले गर्दा रुकुमपूर्वमा बाढी पहिरोको जोखिममै रहेको छ । भौगोलिक हिसाबले दुर्गम पहाडी भेगमा पहिरो झरी रहेकोले अतिआवश्यक बाहेकको सयममा आवतजावत नगरौँ । पहाडका धेरै स्थानमा प्रायः जसो रातिको समय पहिरो जाने हुँदा घरमा बस्दा परिवारका सदस्य समूहमा बस्ने र समूहमा बस्दा एकअर्कालाइ सहयोग गरौँ ।

सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बसौँ । यसले घटना भएमा समयमै उद्धारसँगै राहत विरणमा समेत सघाउ पु¥याउँछ । गाउँपालिकाले विपद् व्यवस्थापनका लागि पूर्व तयारीका लागि आवश्यक्ता पर्ने सामग्रीहरू तयारी अवस्थामा राखेको छ । ग्रामीण सडकहरू पनि पूर्ण रूपमा अवरुद्ध हुँदा तत्काल समस्या भएमा तुरुन्तै खबर गरौँ । भनिन्छ विपद् बाजा बजाएर आउँदैन दिउँसोको समयमा चर्को घाम लाग्यो भन्दैमा खोलाले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने, माछा मार्न जाने जस्ता कार्यहरू नगरौँ ।

 

आफैँ सजक भइएन् भने अकालमा नै ज्यान जान सक्छ । टाढाको यात्रा गर्दा रातको समयमा हिड्ने कार्य बन्द गरौँ । समयमै आफैँ ध्यान र सजक बन्न सकियो भने विपत्तिबाट बच्न सकिन्छ । घर नजिकै रहेका झार, जंगल सफा गरियो भने किरा फट्याङ्ग्रा र सर्पको तोकाईबाट बच्न सकिन्छ । विभिन्न रोगहरू लाग्ने समय पनि आजभोलिको समय हो । खानपानमा विशेष ध्यान दिऔँ । साथै घरआँगन, टोल, गाउँ र वरिपरिको वातावरण सफा राख्ने गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *