विज्ञान प्रविधिमा गाउँपालिकाको लगानी

 

रुकुमपूर्व भूमे गाउँपालिकाले २१ औं शताब्दीसँग समयनुसार परिवर्तनशिल बनाउनका लागि शिक्षामा गुणस्तर सुधार गर्दै, गुणस्तरीय शिक्षाको पहुँच विस्तार तर्फ आधुनिक सिकाई ज्ञान, सीप, अनुभव प्रणालीको प्रक्रियागत निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गर्न लागेको छ । आजको आवश्यकता भनेको नयाँ खोज, अनुसन्धान, आविष्कार मानवीय सभ्यताको विकास रहेकोले गाउँपालिकाले सकरात्मक कदम चालेको हो । निःशुल्क कम्प्युटर कक्षा मात्र सञ्चालन मात्र नभई निमावि र मावि तहका सम्पूर्ण विद्यालयमा कम्प्युटर ल्याब सुविधा सञ्चालन गरिएको छ ।

व्यक्तिको सर्वाङ्गीण विकासका लागि अन्तरनिहित प्रतिभा तथा क्षमता बढाउन अहिलेका कलिला बालालिकालाई शिक्षा क्षेत्रको व्यापक सुधार तथा परिमार्जन गरी दक्ष जनशक्ति उत्पादन गर्न यही आउँदो भदौको पहिलो हप्ता देखि निःशुल्क कम्प्युटर कक्षा लिन माध्यमिक शिक्षा कक्षा १० र कक्षा १२ पासगरी सकेका विद्यार्थीले यो सुनौलो अवसर लिन कसै पनि नछुटौँ जसले गर्दा जीवनको कार्यको अर्थ खोज्नेगरी रोजगारमुलक एवम् व्यवसायिक शिक्षा प्राप्त हुने छ ।

सीपमूलक शिक्षा, नमुना विद्यालय सञ्चालन, शैक्षिक सुधार कार्यक्रमको कार्यन्वयन, अनुगमन, सुपरीवेक्षण गरी शैक्षिक गुणस्तर सुधारमा मूख्य केन्द्रित रहेर आधारभूत मानवीय गुण, ज्ञान, सीप, क्षमता र आचरण आर्जन गरी सभ्य, शिष्ट, नैतिकवान, चरित्रवान, सुसंस्कृत, कर्तव्यनिष्ठ, कर्मशील, गतिशील, अनुशासित, स्वावलम्बी, आत्मनिर्भर नागरिक तयार गर्न सक्ने गुणस्तरीय शिक्षा हो । जग बलियो बनाउन सकिएमा जस्तोसुकै काम गर्न सक्छौँ । त्यस कारण प्रस्थिति अनुसारको ज्ञान, सीप ग्रहण गरिनु पर्दछ । जसले गर्दा भर्खरै फूल्दै गरेका कोपिलाको भविष्य सुनौलो बन्न सक्छ ।

प्रविधिमैत्री सिकाइ गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ बालबालिकाको रुची र चाहना अनुकूल सान्दर्भिक, रुचिकर, समय सापेक्ष, रचनात्मक र आजको विज्ञान तथा प्रविधिको प्रविधिमैत्री युगमा लैजान गाउँपालिका लागि परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *