किसान सुचिकरण तथा अद्यावधिक सम्बन्धी कर्मचारीलाई क्षमता अभिवृद्री २तालिम  सम्पन्न                                                                                          

 

 

भूमे गाउँपालिका    किसान सुचिकरण तथा अद्यावधिक सम्बन्धी कर्मचारीलाई क्षमता अभिवृद्री २तालिम  सम्पन्न  भएको छ।जिल्लाको तिन वटै गाउँपालिका कृषि शाखाको प्राविधिकलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सिंहदरवार काठमाण्डौ रएकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, रुकुम(पूर्वी भाग)को आयोजनामा र  भूमे गाउँपालिको खावाङ्गवगरमा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक सम्वन्धि तिन गाउँपालिकाको१७जना प्राविधिकहरुलाई किसान सूचिकरण किन गर्ने ,सूचिकरण प्रणालीको विशेषता,उपयोगिता,किसान सूचिकरणको वर्तमान अवस्था र,दिर्घकालीन सोचको बारेमा तालिम प्रर्दान गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार काठमाण्डौका बरिष्ठ तथ्यांक अधिकृत चेत बहादुर रोकाले जानकारी दिनु भएको छ।

 

बरिष्ठ तथ्यांक अधिकृत चेत रोकाले  भन्नु भयो पूर्वी रुकुमको तीन वटै तहवाट संचालन हुने कृषि विकासमा वैज्ञानिक, पारदर्शी र प्रभावग्राही अनुदानका कार्यक्रमहरुलाइ व्यवस्थित कृषकको मनोवल उच्च बनाएर कृषि विकासमा उत्प्रेरित गरि राष्ट्रिय तथ्यांक प्रणालीलाइ मजवुत बनाउदै समग्र कृषि सुशासन प्रवर्द्वन गर्न किसान सूचिकरण गरिने बताउनु भएको छ।

यस्तै कार्यक्रममा बोल्दै भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले भन्नभयो आउदा दिनहरुमा पालिकाले  वजेटको व्यवस्था गरेर हाम्रो ठाउँमा किसान सूचिकरणलाई तिब्र रुपमा संकलन गरेर अगाडी बढ्ने बताउनु भएको छ।

 

यस्तै एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको प्रमुख पिताम्बर बस्नेतले कार्यक्रम समापन गर्दै  किसान सुचिकरण तालिम कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउनु भएको छ।  अब जिल्लामा द्रुत गतिमा किसान सुचिकरण गरेर किसानहरुको आधारभुत तथ्याङ्क तयार पारेर किसानहरुको  दिर्घकालीन सोच बदलने बताउनु भएको छ।

 

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको प्रमुख पिताम्बर बस्नेतको अधक्ष्यतामा सुरु भएको कार्यक्रम प्रमुख अतिथि भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, विशिष्ठ अतिथि भूमे गाउँपालिका उपाध्यक्ष  सविना बुढा, प्रशिक्षक चेत वहादुर रोका लगायत सबैकाे उपस्थीती रहेको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *