भूमेकाे विभिन्न स्थानमा बहुला कुकुरको आतङ्क

भूमेकाे विभिन्न स्थानमा बहुला कुकुरको आतङ्क।

भूमे गाउँपालिकामा बहुला कुकुरको आतङ्क बढेको छ । बहुला कुकुरको आतङ्क देखिएपछि बौलाह कुकुरले मान्छे र पशुचौपायालाई टोक्दै हिड्न थालेपछी स्थानीयबासी चिन्तित बनेका छन्। वडा नम्बर १काे लुकुम‚ ५ नम्बर वडाको डालीबाङ‚ २ नम्बर वडाको खाबाङमा एकै दिनमा ९ जनालाई बौलाह कुकुरले टोकेको ईलका प्रहरी कार्यालय काक्रीका प्रहरी नायव निरिक्षक भिम बाहादुर खड्काले जानकारी दिनुभएको छ ।

त्यस्तै बहुला कुकुरले जथाभावी आक्रमण गर्न थालेपछि पशु तथा मानिसको ज्यान जोखिममा परेको छ। हिजाे बुधबार मात्र भूमे गाउँपालिकामा बौलाह कुकुरले ९ जना मानिस र पशुचौपायाहरुलाई टोकेको छ ।

वडा नम्बर १ लुकुमकाे जितकुमारी पुन‚ नियसन पुन‚ मन कुमारी कामी‚बल बहादुर घर्ती मगर‚ सरिता विक‚ कर्म घर्ती बुढा‚ वडा नं.२खाबाङकाे शुशिला पुन‚ काँक्रीका उजेली माया बुढा‚वडा नं. ५ डालिबाङकाे राम कुमार बुढा मगरलाई बहुला कुकुरले टोकेर घाइते बनाएको प्रहरी नायब निरिक्षक खड्काले बताउनु भएको छ।

भूमे गाउपालिकाकाे विभिन्न ठाउँमा बौलाह कुकुरको आतंक फैलिएपछि छाडा कुकुरलाई खोप लगाउन थालिएको छ ।बौलाह कुकुरको आतंक बढेपछी छाडा कुकुरमा पनि त्यस्तो समस्या आउन सक्ने भन्दै गाउँपालिकामा आजबाट छाडा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउन सुरु गरिने पशु शाखाका नारायण ओलीले जानकारी दिनुभयो । मान्छे टोकेको बौलाह कुकुरलाई भने २७ गते नै छोपेर मारिएको छ ।

रुकुम पूर्व अस्पतालमामा रेबिज विरुद्धको खोप लगाएपछि घाइते सबैलाई थप उपचारको लागि रुकुम पश्चिम सल्ले अस्पताल पठाइएको छ । रुकुम पूर्व अस्पतालमा रेबिज विरुद्धको खोप मात्र भएको र बौलाह कुकुरले टोकेकोहरुलाई घाउ भएको कारण थप सुरक्षाको लागि इमिनोग्लोबिन लगाउनुपर्ने हुँदा उनिहरुलाई रुकुम पश्चिम पठाएको रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिनुभएकाे छ।

पालिकाका विभिन्न ठाउँमा बहुला कुकुरको बिगबिगी बढेपछि भूमे गाउँपालिका पशु सेवा शाखा केन्द्रले बहुलाएका कुकुरको टोकाइबाट बच्न सतर्क रहन सबैलाई आह्वान गरिएको छ । कुकुर पालेका व्यक्तिले कुकुरलाई बाँधेर राख्न, छाडा कुकुरबाट टाढै रहन र बहुलाएको कुकुर देखेमा नजिकैको प्रहरी चौकीमा खबर गर्न ईलका प्रहरी काक्रीले आग्रह गरेकाे छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *