अनुगमनमा गएकाे टोलीले ठेकेदार तथा उपभोक्ता समितिलाई दिगो विकाससँगै समयमै काम सक्न सुझाव
रुकुम पूर्वकाे भूमे गाउँ पालिकाकाे वडा नम्बर९चुन्बाङमा विभिन्न आयोजनाको जिल्ला स्तरीय अनुगमन आज शनिबार गरिएको छ । भूमे गाउँपालिकाका विभिन्न ठाउँका सडक, भवन र निर्माणाधिन मोटरेबल पुलको अनुगमन गरिएको हो ।
वडा नम्बर ९ चुनबाङमा चुनबाङ देखि भूमे–८ कोर्जा हुँदै दोमइ सडक खण्डमा पर्ने आयोजनाहरुको अनुगमन गरिएको छ ।
जिल्ला स्तरीय अनुमगनमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको संयोजकत्वमा विभिन्न आयोजनाको अनुगमन गरिएको हो । निर्माणाधिन हुदै गरेको आयोजनालाई दिगो विकास सहित समयमै काम सक्न जिल्ला स्तरीय अनुगमन गरिएको जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी रवीन्द्र बुढाक्षेत्रीले बताउनुभएकाे छ।
अनुगमनमा गएकाे टोलीले भौतिक निर्माण गरि रहेका ठेकेदार तथा उपभोक्ता समितिलाई दिगो विकाससँगै समयमै काम सक्न सल्लाह सुझाव दिइएको बुढाक्षेत्रीले जानकारी दिनुभयो । सदर मुकाम रुकुमकोट देखि –चुनबाङ र चुनबाङदेखि कोर्जा–दोमहि सडक खण्डमा सडकको अवस्थाबारे अनुगमन गरिएको छ ।
उक्त सडक खण्डमा निर्माण भइरहेको चार वटा मोटरेबल पुल, चुनबाङमा निर्माण भइरहेको ५ स्वास्थ्य अस्पताल, इलाका प्रहरी चौकी चुनबाङको भवन, नेपाल राष्ट्रिय मावि चुनबाङको निर्माणाधिन भवन, चुनबाङको युद्ध संग्रहालय, स्वास्थ्य चौकी चुनबाङको सेवा प्रवाह अवस्थाबारे पनि अनुगमन गरिएको अनुगमन टोलीले जानकारी दिएको छ ।अनुगमनमा गएकाे टोलीले निर्माण कार्यमा ढिलाइ सुस्ती गरिराखेका ठेकेदार कम्पनीलाई दिगो विकास सहित समयमै काम सक्न सल्लाह दिइएको छ ।
जिल्ला समन्वयकाे प्रमुख मेघबहादुर श्रेष्ठको संयोजकत्वमा जिल्ला स्तरीय अनुगमन टोलीमा उपप्रमुख मोहनबहादुर केसी, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढा, निमित्त समन्वय अधिकारी रवीन्द्र बुढाक्षेत्री, सडक पूर्वाधार विकास कार्यालयका प्रमुख थमप्रसाद पाण्डे , जिल्ला प्रहरी कार्यालयका डीएसपी अन्जना श्रेष्ठ, सशस्त्र प्रहरीका डीएसपी होमराज न्यौपाने लगायत वडा स्थित जनप्रतिनिधि, बुद्धिजीवीको उपस्थिति रहेको थियो