झुम्लाबाङमा फलाम खानीको अध्ययनको अवस्थाबारे प्रधानमन्त्री पुष्प कमल दाहालसंग कुरा राख्ने :प्रतिनिधिसभाका सदस्य घर्ती मगरकाे भनाई

 

रुकुम (पूर्व)  प्रतिनिधिसभा सदस्य पूर्ण घर्ती मगर आफ्नो गृह जिल्लामा आइएपछि विभिन्न ठाउँमा जनसमुदायसँग भेटघाट तथा अन्तरक्रिया गरिराख्नु भएको छ।आज शनिबार जिल्लाकाे भूमे गाउँपालिका वडा नं.३ स्थित झुम्लाबाङका समुदायसँग विभिन्न विषयमा अन्तरक्रिया गर्नु भएको छ ।

पूर्वी रुकुमको विकास निर्माण अवस्थाबारे घर्ती मगरले आफ्नो गृह जिल्लाका जनसमुदायसँग अन्तरक्रिया गरिराख्नु भएको छ । आज झुम्लाबाङमा जनसमुदायसँगै फलाम खानी उत्खननको अध्ययनका लागि आउनु भएका भूगर्भविद्सँग रुकुमपूर्वको फलाम खानीको अवस्थाबारे जानकारी लिनु भएको छ ।

भूगर्भविद्सँग जानकारी लिए पछि प्रतिनिधिसभाका सदस्य घर्तीमगरले हाल सम्म फलाम खानीको अध्ययनको अवस्था प्रधानमन्त्री पुष्प कमल दाहालसँग कुरा राख्ने बताउनुभएकाे छ ।विस्तृत अध्ययनको प्रतिवेदन आएपछि उत्खननको लागि सरकारले गर्नु पर्ने पहल कदमीको गरिराख्ने सांसद घर्तीमगरले प्रतिवद्धता जनाउनु भएको छ । झुम्लाबाङमा फलाम उत्खनन भएमा जिल्लालाई मात्र नभइ देशलाई नै फाइदा हुने हुँदा सरकारले विभिन्न खानीको उत्खननमा ध्यान दिनु पर्ने घर्ती मगरले बताउनुभएकाे छ।

खानी तथा भूगर्भ विभागबाट आउनु भएका भूगर्भविद्ले झुम्लाबाङमा बसेर हाल झुम्लाबाङसँग यस आसपासका गाउँ तथा वडामा फलाम खानीको विस्तृत अध्ययन अनुसन्धान गरिराखेकाे भूगर्भविद् सौनक भण्डारी जानकारी दिएकाछन् ।

आज भएको अन्तरक्रिया कार्यक्रममा सांसद घर्ती मगरसँगै नेकपा माओवादी केन्द्रका स्थायी समितिका सदस्य कमला रोका, जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्य, नेकपा माओवादी केन्द्र रुकुमपूर्वका संयोजक कुमारी बराल, वडा नं.३ काे वडाध्यक्ष परशुराम बुढा, खानी तथा भूगर्भ विभागकाे भूगर्भविद् सौनक भण्डारी, सुजन देवकोटा लगायत झुम्लाबाङका बुद्धिजीवी तथा समुदायको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *