प्रथम चौमासिकको प्रगति समिक्षा : ६ .५१ प्रतिशत बजेट खर्च

प्रथम त्रैमासिकको प्रगति समिक्षा : ६ .५१ प्रतिशत बजेट खर्च

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा वित्तिय प्रगति  ५३.२९  प्रतिशत र भौतिक प्रगति ६९.१ प्रतिशत बजेट खर्च गरेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका  प्रमुख पिताम्बर बस्नेतले  जानकारी  दिनुभएको छ। यसै गरि बार्षिक विनियोजन तुलनामा ६ .५१ प्रतिशत बजेत रकम  भएको छ।
पहिलो त्रैमासिकमा योजाहरुको कुल ६० लाख ८८ हजार बजेट रहेको थियो । जसमा ३६ लाख २७ हजार ८ सय रुपैयाँ अर्थात ५३.२९ प्रतिशत बजेट खर्च भएको छ । कार्यालयको कुल भारित प्रगती ६९.१ प्रतिशत रहेको जानकारी समिक्षा गोष्ठिमा जानकारी गराइएको छ ।पहिलो त्रैमासिक अवधिमा व्यवसायीक कृषि र पशु कार्यक्रम सञ्चालन गरिएको छ।भैसी, बंगुर, बाख्रा प्रवर्द्धन कार्यक्रम, घुम्ती शिविर, हिउदे मकै बाली प्रदर्शन, प्राङ्गारिक मल उत्पादनमा प्रोत्साहन लगाएतका कार्यक्रमहरु सञ्चालन गरिएको कार्यालय प्रमुख बस्नेतको  जानकारी छ ।

 

कार्यक्रममा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्यन एकाई रुकुम(पूर्व) रोल्पा कार्यालय र तीन वटै गाउँपालिकाको कृषि र पशु शाखाले पनि अहिलेसम्म गरेका कामकाज र खर्च बजेट प्रस्तुत गरेका थिए । जस अन्तगर्त प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्यन एकाई रुकुम(पूर्व) रोल्पा कार्यालयको लागि चालु आर्थिक वर्षमा ४ करोड ७ लाख बजेट बिनियोजन भएको थियो । यस्तै भुमे गाउँपालिकाको कृषि सेवा केन्द्रले पनि यहि समिक्षा कार्यक्रमसँग जोडेर विभिन्न संघसंस्था तथा प्राविधिकसँग अन्तरक्रिया छलफल कार्यक्रम सम्पन्न गरेको छ ।भूमे गाउँपालिका कृषी शाखामा करिव ३ करोड बजेत  आएको कृषी शाखाका प्रविधिक शिखर विश्क्रमाले जानकारि दिएका  छन । यस्तै अति विपन्न किसानलाई सय प्रतिशत अनुदानमा विउ विजन गरेको र एकघर एक करेसा बारी निर्मान गर्ने लक्ष्य रहेको र अगुवा कृषकको क्षमता विकास तालिम उपल्बध बनाउने लक्ष्य रहेको विश्क्रमाले बताएका छन।

भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी,  भूमे गाउँपालीका उपाध्क्षय सविना बुढा विशेष आतिथ्यता रहेको थियो । सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, ३ वटै गाउँपालिकाका कृषि र पशु शाखाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको सञ्चालन एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *