मानवीय सेवा प्रदान गर्नका लागि स्थानीय सरकार, संघिय सरकारको मातहतमा रहेको नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला शाखाको मातहतमा रहेको तिनै वटा पालिकामा रहेर काम गरिरहेको छ।

अधिवक्ता दामोदर गौतम  सभापति नेपाल रेडक्रस सोसाइटी, रुकुम पूर्व जिल्ला शाखा

अधिवक्ता दामोदर गौतम संग  बालाराम शेर्पालीको कुराकानी

      स्वागत छ यहाँलाई भूमे साप्ताहिक पत्रिकामा
धन्यवाद यहाँ लगायत भुमे साप्ताहिक पत्रिकाका सम्पूर्ण टिमलाई

 तपाई विगत कति बर्ष देखि नेपाल रेडक्रस सोसाइटीमा आवद्ध हुनुहुन्छ ? परिचय सहित बताईदिनु
होस ?
नमस्ते, म दामोदर गौतम मेरो ठेगाना सिस्ने गाउँपालिका वडा नं. ६ रुकुम पूर्व हो । म नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला शाखाको पहिलो निर्वाचित सभापति हुँ । म करिव ढाई दशक देखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेरेसोमा आवद्ध रहि वि.सं २०६४ सालमा साविक रुकुम जिल्लामा रहेको नेपाल रेडक्रस सोसाइटी रुकुम जिल्ला शाखा बाट आजीवन सदस्यता लिइसकेपछि राज्य पुनः संरचना पछि गठित रुकुम पूर्व जिल्लामा रहेको नेरेसोमा २०७७ असोज १४ गते मोहन बहादुर के.सी. को संयोजकत्वमा गठित नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला शाखाको तदर्थ समितिको सदस्यबाट कार्यसमितिमा रहेसंगै मिति २०७९ भाद्र ११ गते नेपाल रेडक्रस सोसाईटी रुकुम पूर्व जिल्ला शाखाको पहिलो अधिवेशनबाट पहिलो निर्वाचित सभापति भई मानवीय सेवामा कार्यरत छु ।

रुकुम पूर्वमा नेपाल रेडक्रस सोसाइटीको कार्यालय कहिले स्थापना भएको हो ? र कसरी काम गर्नु भएको छ?
राज्य पुनः संरचना पछि घोषणा भएको रुकुम पूर्व जिल्लामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको स्थापना वि.सं. २०७५ साल श्रावण ९ गते भएको थियो । २०७५ श्रावण ९ गते लोकेन्द्र बहादुर बुढाथोकी को संयोजकत्वमा १५ सदस्यीय तदर्थ समितिबाट सुरु भएको नेरेसो रुकुम पूर्व जिल्ला शाखाले नेरेसो केन्द्रिय कार्यालय, संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा आफ्ना नियमिति गतिविधिहरुलाई अगाडी बढाउदै आइरहेको छ ।

रुकुम पुर्व जिल्लामा यहाँको कार्यालय मार्फत जिल्ला भर कस्तो काम गरि रहनु भएको छ?
रुकुम पूर्व जिल्लामा मानवीय सेवा प्रदान गर्नका लागि स्थानीय सरकार, संघिय सरकारको मातहतमा रहेको नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला शाखाको मातहतमा रहेको तिनै वटा पालिकामा रहेको उपशाखाहरुसंग समन्वय र सहकार्य गरी मनसुन जन्य प्रकोपको कारण वा अन्य विपद्का घटनाबाट प्रभावित परिवारहरुका लागि मानवीय सहयोग गरिराखेका छौ भने, नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको समन्वय तथा जापनीज रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा सिस्ने गाउँपालिका वडा नं. ६मा समुदायका अगुवाईमा विपद् जोखिम न्युनिकरण कार्यक्रम संचालन गरी त्यस वडामा विपद् पूर्वतयारीका गतिविधिहरु संगसंगै विभिन्न समयमा हुने महामारी जन्य रोगहरुको न्यूनिकरण गर्न स्थानीय रेडियोबाट सन्देश प्रसारण, समुदाय स्तरमा पर्चा पम्पलेटहरु वितरण गर्ने, खोपकेन्द्रहरुमा स्वयंसेवक परिचालन गरी सरकारलाई सहयोग पु¥याउने कामहरु गरिराखेका छौ भने विद्यालय र समुदायमा विपद तथा जोखिम न्यूनिकरण सचेतना कार्यक्रमहरु र अन्य विभिन्न सरोकारवालाहरुको क्षमता विकास तथा सशक्तिकरण सम्बन्धिका कार्यक्रमहरु संचालन गरि रहेको छ ।

बास्तवमा रेडक्रस भनेको के हो ? रुकुमेली नागरिकहरुले बुझ्ने भाषामा बताइदिनुहोस ?
रेडक्रस भनेको विपद् प्रभावित परिवारहरुको घाउमा मलम लगाउने संस्था हो । प्राकृतिक प्रकोपको कारणले हुने क्षतिलाई कम गर्न होस वा प्रकोपको कारण निम्तीने विपद्को प्रतिकार्य (मानवीय सहयोग) गर्न होस या विपद् पछिको पुनःनिर्माण र पुनःस्थापना गर्न नेपाल रेडक्र सोसाइटीले काम गर्ने गर्दछ । नेपाल रेडक्रस सोसाइटी ९ल्च्ऋक्० सन १९६३ देखि नेपालमा संचालनमा आएको थियो । यसलाई सन १९६४ मा अन्तर्राष्ट्रिय रेडक्रस समिति ९क्ष्ऋच्ऋ० द्वारा मान्यता दिइयो र सोही वर्ष रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीज ९क्ष्ँच्ऋ० को अन्तर्राष्ट्रिय महासंघसँग आबद्ध भएको थियो । नेपाल रेडक्रस सोसाइटी नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा काम गर्दै आइरहेको छ, यसको जिल्ला शाखाहरूको नेटवर्क देशका प्रत्येक ७७ जिल्लाहरूमा विस्तार भएको छ । नोपल रेडक्रस सोसाइटीले ७७ वटा जिल्ला शाखाहरू, १५५४ उपशाखाहरु र तिनीहरू अन्तर्गत १५३ भन्दा बढी सहयोग समितिहरूबाट आफ्ना मानविय सेवाका गतिविधीहरुलाई अगाडी बढाइरहेको छ । विद्यालय, क्याम्पस र समुदायहरूमा संगठित नेपाल जुनियर र युवा रेडक्रस सर्कलका विद्यार्थी र युवा स्वयंसेवकहरूले पनि नेपाल रेडक्रस सोसाइटीका गतिविधिहरुलाई आत्मसाथ गरी अगाडी बढाएका छन । हाल, नेपाल रेडक्रस सोसाइटी संग ६,५३८ जुनियर÷युवा रेडक्रस सर्कलहरू छन । जस अन्तर्गत रुकुम पूर्व जिल्लामा पनि आफ्ना आधारभुत सात सिद्धान्तहरुमा रहेर आफ्ना सेवामुलक कार्यक्रमहरु विगत वर्षहरु देखि गरि रहेको छ ।

रेडक्रसको जन्म पछाडी मानव पीडाको कथा संग जोडिएको छ ? रेडक्रसको मुख्य लक्ष्य भनेको मानव उद्धार हो ? अहिले रुकुम पुर्व कतिको उद्धार गर्नु भएको ?
नेपाल रेडक्रसको मुख्य लक्ष्य भनेको सामुदायिक सहभागिता र बढ्दो संख्यामा स्वयंसेवकहरूको परिचालन, समाजको संगठनात्मक संरचनाको विस्तार र सुदृढीकरण र सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सम्पर्क निर्माण गरी मानवीय पीडालाई कम गर्नु र जोखिम न्यूनीकरण गर्नु हो । सकभर मानवीय उद्धार गर्न नपरोस भन्ने पनि हो तर मानवीय कारणबाट होस वा प्राकृतिक कारणबाट कोही न कोही प्रभावित भइरहेको अवस्था छ । त्यस अवस्थामा समुदाय संगै नेपाल रेडक्रस सोसाइटीले उद्धार कार्यमा सहयोग पु¥याएको छ । गत वर्ष दशैको समयमा भुमे गाउपालिका नजिकै वस दुर्घटनाहुँदा नेपाल रेडक्रस सोसाइटीले घाइतेको प्राथमिक उपचार गरि घाइतेलाई अस्पताल सम्म पु¥याउनमा सहयोग गरेको थियो । अन्य धेरै घटनाहरुमा पनि नेपाल रेडक्रस सोसाईटी रुकुम पूर्व जिल्ला शाखा सहभागि हुदै आएको छ ।

समय परिस्थितिसँगै रेडक्रस सोसाइटीले काम गर्ने तरिका र कार्य क्षेत्र कस्तो रहेको छ? बताइदिनुहोस ।
नेपाल रेडक्रस सोसाइटीले आफ्नो स्थापनाकाल देखि नै संगठन विकास, स्वास्थ्य सेवा अन्र्तगत रक्तसंचार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचार र आखा अस्पताल र विपद् व्यवस्थापनका गतिविधिहरुलाई अगाडी बढाएको थियो भने हाल नेपाल रेडक्रस सोसाइटीले आफ्नो स्थापनाकाल पछिको ६१ औ स्थापना दिवश मनाइरहदा आफ्ना गतिविधिहरुलाई बढाएर सामुदायिक विकास, खानेपानी तथा सरसफाई, मानवीय मुल्य तथा संचार, जुनियर तथा युवा रेडक्रस, लैङ्गिक तथा सामुदायिक समावेशीकरण, सामान्य सेवा तथा समन्वय र आर्थिक श्रोत विकासका गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि रेडक्रस सोसाइटीले थप रचनात्मक कामसहित अगाडि बढ्न कस्तो कार्य योजना बनाएको छ ?
नेपाल रेडक्रस सोसाइटीले नियमित रुपमा आफ्ना गतिविधिहरुलाई अगाडि बढाउदै गर्दा “समुदाय संग अझ नजिक” भन्ने मुलमन्त्र लाई आत्मसाथ गर्दै समुदायको क्षमता विकास, जुनियर युवा रेडक्रस सर्कल मार्फत विद्यालय तथा समुदाय स्तरम जनचेतनाका गतिविधिहरु र समुदायको विकासका लागी खानेपानी तथा सरसफाई, विपद् पूर्वतयारीका लागी समुदाय स्तरमा अल्पीकरणका गतिविधिहरु, रक्तंचार सेवालाई प्रभावकारीरुपमा संचालन गर्नका लागी रक्तदान गर्ने व्यक्तिहरुलाई पुरस्कार तथा प्रोत्साहन, स्वयंसेवक व्यवस्थापन तथा तिनीहरुको क्षमता विकास, पारिवारीक सम्पर्क तथा पुनःस्थापना, एकिकृत पुर्नलाभ तथा आपत्कालिन प्रतिकार्य, विपद् प्रभावितहरुका लागि नगद तथा भौचार सहायत, उत्थानशील समुदाय निर्माणका लागि जिविकोपार्जन गतिविधि, आवस संयोजन, जलवायू मैत्री एकीकृत विपद् पूर्वतयारी तथा विपद् जोखिम न्यूनिकरण कार्यक्रम लगायतका थुप्रै गतिविधिहरुलाई आफ्नो योजनामा समेटेको छ ।

रुकुम पूर्वमा रेडक्रस स्थापना भएदेखि समुदायलाई कस्तो सेवा पु¥याउँदै आइरहनु भएको छ?
नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला शाखाले आफ्नो स्थापना कालदेखि नै विपद् प्रभावित परिवारहरुका लागि गैह्रखाद्य सामाग्री वितरण, पारिवरीक विपद् पूर्वतयारी योजना निर्माण गर्नमा सहजीकरण, कोभिड १९को समयमा खोपकेन्द्रहरुमा स्वयंसेवक परिचालन, मास्क वितरण, डेगीं सक्रमणका लक्ष्णहरु र डेगीं सक्रमणबाट बच्ने उपायहरुका बारेमा रेडियो सन्देश प्रसारण गरी समुदाय स्तमार जनचेतना जगाउने काममा सहयोग पु¥याउदै आएको छौ ।
नेपाल रेडक्रस सोसाइटीले जिल्लामा सेवामूलक तथा विकासमूलक कार्यक्रमहरू कतिको सञ्चालन गर्नु भएको छ?
नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला शाखाले हाल विकासमुलक भन्दा पनि सेवामुलक गतिविधिहरुलाई अगाडी बढाएको छ । भने आउदा दिनहरुमा स्थानीय सरकार लागयत यस जिल्लाका सरोकारवाला निकायको सहयोग प्राप्त भएको खण्डमा विकासमूलक गतिविधिहरुलाई पनि अगाडी बढाउने योजनामा छौ ।

रक्तदान जीवनदान हो इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ, यस्मा तपाईको कार्यालय कतिको रक्तदान गर्नु भएको छ ?
रक्तदानको पर्यावाची शब्द नै जिवन दान हो यो भन्दा अर्को शब्द भेटिदैन पनि, एक जना व्यक्तिले हरेक तिन देखि चार महिनामा रक्त दान गर्दा उक्त व्यक्ति स्वस्थ रहन्छ तर पनि हामीमा रक्त दान गर्दा हुने फाइदाको बारेमा बुझाई कम भएकै कारण कतिपय मानिसहरु रक्तदान गर्न डराउदछन । त्यसैले रक्तदान स्वइच्छाले नै गर्ने गरिन्छ कसैको करकापमा गर्ने होइन । अव रहयो रेडक्रसले नै हाल सम्म रक्तसंचार सेवा संचालन गर्दै आइरहेको अवस्थामा रक्ततत्वको कमीहुदा यस कार्यालयमा काम गर्ने कर्मचारी ले प्रत्येक वर्ष ३ देखि ४ पटक सम्म रक्तदान गर्ने गरेका छन । यस जिल्लामा भर्खर मात्र जिल्लामा रहेको एक मात्र अस्पतालमा ओपीडी सेवा सुरु भएसंगै रक्ततत्व आवश्यक पर्ने विरामीका लागी नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला शाखाले रक्त दान गर्ने व्यक्तिसंग समन्वय र सहकार्य गरी रत्तदान गर्न लगाई रक्त तत्व उपलब्ध गराएको छ । भने आउदा दिनहरुमा अस्पताको स्तरबृद्धि भएसंगै रुकुम पूर्व जिल्ला शाखाले रक्तसंचार सेवा लाई प्रभावकारी रुपमा संचालन गर्ने योजना बनाएको छ । नेपाल रेडक्रस स्थापनाको ६१ औं बर्ष अर्थात २०८० भाद्र १९ जिल्ला सदरमुकाममा रक्त समुह जाँच तथा रक्त संचार सेवा संचालनका लागि खुला छलफल कार्यक्रम गर्दै करिव १०० जनाको रक्त समुह जाचँ गरि रेकर्ड राख्ने काम गरिएको छ ।

 अन्तमा मैले भन्न छुटेको र भन्न लाएक कुनै प्रश्न छन कि ?
नेपाल रेडक्रस सोसाइटीले नेपालमा संघिय संरचना बने संगै साविकको रुकुम जिल्लाबाट विभाजित भएर बनेको रुकुम पूर्व जिल्लामा आफ्नो शाखा विस्तार गरी यस जिल्लामा रहेका सम्पुर्ण निकायहरुबाट सहयोग प्राप्त गरी मानवीय सेवाका गतिविधिहरुलाई अगाडी बढाइरहेको अवस्थामा आउदा दिनहरुमा पनि त्यो सहयोग प्राप्त भैराखोस भन्ने अपेक्षा राख्दै नेपाल रेडक्रस सोसाइटीको बारेमा जानकारी गराउने अवसर प्रदान गर्नुभएकोमा भुमे साप्ताहिक पत्रिका परिवारलाई धेरै धरै धन्यवाद प्रकट गर्न चाहन्छु । अन्तमा नेपाल रेडक्रस सोसाइटीले गरेका गतिविधिहरुको बारेमा जान्ने संगसंगै रेडक्रस सोसाइटीलाई केहि सल्लाह सुझाव प्रदान गर्ने र नेपाल रेडक्रस सोसाइटीलाई केहि गुनासोहरु भएमा नेपाल रेडक्रस सोसाइटीको हटलाइन फोन सेवा ११३० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
धन्यवाद, जय रेडक्रस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *